दुषित जल अर्थात संकटमा जनसमुदाय : डा. केदार ब. कार्की
प्रकाशित मिति
२०८० बैशाख २५ गते, सोमबार ०५:०२
२५ वैशाख २०८०, काठमाडौँ : जल संक्रमणबाट हाम्रो देशमा धेरै रोग फैलने गर्दछ । दुषित पेयजलतथा संक्रमित पेयजलको समस्या कतिपय प्रदेशहरुमा आज पनि अवस्थीत छन् । यहाँ सम्मकी काठमाडौँको केही इलाकाहरु राष्ट्रिय राजधानी क्षेत्रमा पनि अधिकांश बस्तीहरु पनी यसबाट पिडीत छन् । शुद्ध एवं निर्मल जल जहाँ मानवका लागि स्वास्थ्यको दृष्टिबाट धेरै जरुरी चीजहो त्यही मानव शरीरले पाउने अनेक रसायन तथा पौष्टिक अवयहरुको कारक पनी मानिन्छ ।
कुरो के हो भने शुद्ध जल स्वास्थ्यको आधारभूत आवश्यकता हो । सरकारले भने कुनै कुरा र दावा गरोस तर सबैलाई शुद्ध पानीको उपलब्धता पुरा गर्नका लागि इनार खनीन्छ, नल लगाइन्छ , बाटर पम्पहरु लगाइन्छ । र यहाँ सम्मकी टाढा टाढा नदिहरुबाट पाइपलाइनद्वारा पिउने पानीआपूर्ती गरिन्छ यी सव गर्दा पनीआजपनी धेरै कुरा यस्ता छन् जसलाई पानीको आवश्यकताको लागि गर्न जरुरी छ । यो सर्वमान्य तथ्य हो की जसो जसो जनसंख्या बढ्दो छ अन्य भौतीक आवश्यकता पनि बढ्दो छ र पानीको आवश्यकता पनि कैयौँ गुना बढ्दो छ । महत्वपूर्ण कुरा त न यो छ की पानीको स्रोत संकुचीत हुँदै छ । यसलाई मध्यनजर गर्दै कहिले राज्य सरकारहरुमा पनिआपसमा त कहिले केन्द्र र राज्य सरकारहरुमा पानीको समस्याको कारण झगडा समेत हुने गरेको छ ।

पानीको आबश्यकता धेरै अधिक बढ्नुको नै परिणामले गर्दा सरकारलाई समुन्द्रको कडा पानीलाई पिउन योग्य बना उनका लागि सार्थक रसायनिक उपाय खोज्नु पर्ने भएको छ । धेरै राष्ट्रहरुमा त यस्को लागि प्रयोग पनि शुरु भएको छ । शुद्ध पानीको बिश्लेषणमा इ–कोलाई, कोलिफर्म तथा अन्य रसायन या लवण छैन भने मात्र त्यसलाई शुद्ध पानीप्को संज्ञा दिन सकिन्छ । सामान्यकल्चर परिक्षण बाट पनि पानीको संक्रमणको ज्ञान हुन सक्त छ । तर व्यक्तिगत स्तर बाट यसलाई गर्न संभव हुदैन किनकी यो धेरै बढी महंगो पर्छ । काइदा त यो भन्छ जुन पानी हामी उपभोग गरी राखेका छौँ । त्यस्को प्रत्येक १० देखि १५ दिन पछि एक पटक जाँच गरीएको हुनु पर्दछ । खाने पानी सफा गरे पछी पनि सप्लाई लाइनको यथेस्ट रेखदेख नहुनु र घरमा भण्डारमा ट्याङ्क खुल्ला रहनुले पनि जल संक्रमणको कारण बन्न सक्तछ ।

दुषितपानी र स्वास्थ्य
जरुरी यो छ कीजुनपानी समुदायलाई प्राप्तहुने छ । शुद्ध त हुनै प¥यो साथै किटाणु रहित अशुद्ध पानी पिउनाले अनेक खाले रोग व्याधि उत्पन्न हुन्छ अनि मानवीय उर्जाको दिशा सकरात्मक हुन सक्दैन । दुषित पानी पिउनाले परिवारमा कोहि एक विरामी पर्दा पुरै परिवार उस्को सेवामा लाग्नु पर्ने हुन्छ । यस्ले गर्दा धेरै बढी मानवश्रम व्यर्थ जान्छ । दुषित पानीबाट लुतो, खोकी अपच तथा अन्य छाला सम्बन्धि रोग उत्पन्नहुन सक्दछ।
इन्डियन मेडिकल एसोसियनले प्रदुषित पानीबारे एउटा विशेष अध्ययन गरेको अभिलेख पाइन्छ । जस्को सर्वेक्षण सम्बन्धि तथ्याङ्क अनुसार ७ करोड ३० लाख मानवकार्य दिवशहरुको ह्रास प्रदुषित पानीका कारण हुने गर्दछ । सृजनात्मक कार्यहरुको यसबाट जती धेरै नोक्सान पुग्दछ । यस्को सहज अनुमान यो तथ्याङ्कबाट सहजै पाउन सकिन्छ । छालाजन्य तथा अन्य रोगहरुमा धन खर्च हुने त बेग्लै भयो । पेटमा पत्थरी हुने र रक्त सम्बन्धि कैयौँ विकारहरुको कारण प्रदुषित पानी नै मानिन्छ । कहिले काहीँ यो पुस्ता दर पुस्ता मानिसलाई अपाङ्ग पनि बनाउँदछ ।
यस बाहेक अनयत्रासदिहरु छन् जस्को कारण मात्र अशुद्ध पानी मानिन्छ । तर विडम्वना नै छ की यस प्राकृतिक सत्य तथा आधार भुत सुविधाबाट मानव आज सम्मबन्चित छ । पानीको शत प्रतिशत शुद्धताको कल्पना त खै व्यर्थ नै मानिन्छ । अर्को कुरा यो पनि छ की पानीलाई पुरै पचाउनपनी सकिन्न । पानी माहानिकारक विषाणुहरु व्याक्टिेरीयाबाट मानवीय, स्वास्थ्यका लागि हानीकारक रसायनहरु मिल्नु नै जल संक्रमण भनीन्छ । यस्को विश्लेषणमा इ—कोलाई फर्म र अन्य रसायन या यद्धपी जल सङ्क्रमण बाट कुनै पनी उमेरका व्यक्तिलाई रोग लाग्न सक्दछ । तर सवै भन्दा ज्यादा जोखिक केटाकेटीहरु लाई हुन्छ ।
यसवाट हुने रोगहरु छालाको विकार, पेटको पत्थरी, भाइरल हेपाटाइटिस, जण्डीस, कमला रोग या पाण्डु रोग, आउ रोग, भाईरस झाडा पखाला, जुका पर्नु मानिन्छ । भाइरल हेपाटाइटिस अर्थात जण्डीस कमला रोग, पाण्डु रोगको गुनासो धेरै देख्न पाइन्छ । यो एक्टेरो भाइरस ७२(७) नामक विषाणुका कारण लाग्दछ । रोगीको भोक मर्छ, कलेजो सुनिने, ज्वरने आउने, टाउको दुख्ने, थकाइलाग्ने कमजोरीहरु यसका प्रमुख लक्षण हुन् । पिसाबको रंग पहेँलो हुन्छ । यहाँ सम्मको रोगीको ज्यानजान सक्दछ । संक्रमितपानीपिउनाले पोलीयोको कारण पनिबन्न सक्दछ ।
यो पानीमाअवस्थीतभाइरस बाट फैलने दालको रोग मानिन्छ । यस्ले केटाकेटीलाई जीवनभर अपाङ्गबनाउन सक्तछ । यस बाहेक केटाकेटीहरुलाई ज्वरो आएको छ र संक्रमितपानीपिइ राखेको छ भने टाइफाइड पनीहुन सक्दछ । झाडा पखाला र हैजादुवै व्याकटेरीयाकाकारण हुने रोग मानिन्छ ।
यस अर्थमाखानेपानीको संक्रमणबाट बचाउनको लागि सवभन्दा सजीलो तरीकातपाई आफैले त्यसलाई विषाणु र व्याकटेरीया रहित बनाउनुछ । यसकालागिफिल्टरको पानीउमालेर चीसो गरेपछी पानीउपयोगी हुन्छ । पानी सफागर्ने रसमायनीकउपायहरु पनी छन् । जस्तो किव्लीचिङ् पाउडर, एचटिएफ क्लोरिन, टैवलेट या आयोडिन लाइअलीअलीदिन पछि नियमितप्रयोग र यस बाहेक पोटासियम परम्यागनेट जस्लाई रातो पोटास भनिन्छ को प्रयोग पनीफाइदाजनक हुन्छ ।
घर बाहिर उमालेको या फिल्टर गरेको पानीपिउनमुश्किल हुन्छ तर पुर्ण सफाइमा त कम से कमध्यानदिन सकिन्छ । हामीले जहीे पनीधाराको पानीपिउनु पर्छ नकीपोखरी, तालतलाउको । गाग्रीमा राखेको पानीपिउनु परे, यस्ता भाडाहरुको नियमित सफाई गरीनु नितान्तआवश्यक हुन्छ । पानीजनीत रोग लागिहाले शरीरलाई निर्जलीकरण हुनदिनु हुँदैन । शरीरको लस्तर बनाई राख्नु पर्दछ । याद राख्नुस विरामिलाई उमालेर फिल्टर गरेको पानीदिइने गर्नु पर्छ । जन स्वास्थ्यशिक्षाले भन्छ तपाइ के उपभोग गर्नुहुन्छ खालीचनाखो भई गर्नुस तपाइको सतर्कता नै तपाई स्वस्थ्य रहनेसुनिश्चितताहो । नभए छिमेकमाखुलेको नरसिङ्ग होम छँदै छन् । सेवानिवृत बरिष्ठ पशु चिकित्सक




प्रतिकृया