• ११ असोज २०८३, आइतबार
  • १२ः२८ राती

एनएमबि बैंकका स्मार्ट नारी बचत खाताका ग्राहकहरुलाई सामसुङ वासिङ मसिन र माइक्रोवेभ ओभनमा २३% सम्म छुट

प्रकाशित मिति

२०८० बैशाख १४ गते, बिहीबार ११:०५

१४ वैशाख २०८०, काठमाडौँ : एनएमबि बैंक लिमिटेडले एनएमबि स्मार्ट नारी बचत खाताका ग्राहकहरुलाई वासिङ मेसिन र माइक्रोवेभ ओभनमा आकर्षक छुट उपलब्ध गराउन सामसुङ(HIM Electronics Pvt. Ltd.)सँग साझेदारी गरेको छ । ग्राहकहरूले वासिङ मेसिन र माइक्रोवेभ ओभनखरिदमा २३% सम्म छुट र eNMBमोबाइलएपमार्फत भुक्तानी गर्दा थप रु १,५०० सम्मछुट पाउनेछन।

National Life

यस साझेदारीको उद्देश्य ग्राहकहरूलाई नवीनतम र सबैभन्दा एड्भान्स घरेलु उपकरणहरूमा पहुँच सुनिश्चित गर्ने हो। यस अफर मार्फत, एनएमबि बैंकका ग्राहकहरूले पर्याप्त छुटको मजा लिँदै सामसुङको उच्च गुणस्तरको वासिङ मेसिन र माइक्रोवेभ ओभनहरूबाट सजिलै आफ्नो घर अपग्रेड गर्न सक्ने छन् । यो अफर प्राप्त गर्नका लागि ग्राहक सँग एनएमबि स्मार्ट नारी बचत खाता हुनुपर्छ। यो अफर सीमितअवधिको लागि मान्य छ ।


एनएमबि बैंक विगत २६ वर्ष देखी अनवरत रुपमा बैंकिङ्ग सेवा सुविधा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट “क”वर्गको इजाजत पत्र प्राप्त एक अग्रणी वित्तीय संस्था हो । बैंकले दिफिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफदिइयर एसिया २०२१’ उपाधीबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ लागी पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफदिइयर नेपाल’ प्राप्त गरि सकेकको छ । एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र १२ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

थप जान्कारीका लागिः https://bit.ly/nmb-sam

प्रतिकृया