• ९ असोज २०८३, शुक्रबार
  • ८ः२१ राती

तनहुँ -१ मा ६ उम्मेद्वारको जमानत जफत

प्रकाशित मिति

२०८० बैशाख १२ गते, मंगलवार ०१:१४

१२ वैशाख २०८०, काठमाडौँ: प्रतिनिधि सभाको उपनिर्वाचनअन्तर्गत तनहुँ -१मा प्रमुख तीन दलका उम्मेद्वारबाहेक सबै उम्मेद्वारको जमानत जफत भएको छ । उपनिर्वाचनमा उम्मेद्वारी दिएका ९ दलका उम्मेद्वारमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा। स्वर्णिम वाग्ले भारी मतसहित निर्वाचित हुँदा नेपाली कांग्रेसका उम्मेद्वार गोविन्द भट्टराई र नेकपा एमालेका उम्मेद्वार सर्वेन्द्र खनालले मात्र आफ्नो जमानत जोगाउन सफल भएका छन् ।

National Life

हिजो बेलुका सम्पन्न मतगणनाको अन्तिम परीणाम अनुसार रास्वपाका उम्मेदवार वाग्लेले ३४ हजार ९ सय १९ मत ल्याएर विजयी हुँदा कांग्रेस उम्मेदवार गोविन्दले २० हजार १ सय २२ मत प्राप्त गरी दोस्रो भएका थिए । उता सुरुवात देखिनै प्रतिस्पर्धामा आउन नसकेपनी एमाले उम्मेदवार खनालले भने जमानत जोगाउन सफल भएका छन् उनले ८ हजार ४ सय ८८ मत प्राप्त गरे ।


अहिले तनहुँ–१ मा कुल ६४ हजार १८९ मत सदर भएको छ । जमानत (धरौटी) जोगाउनका लागि त्यसको १० प्रतिशत मत ल्याउनुपर्ने हुन्छ । कुल सदरको १० प्रतिशत पुर्‍याउन ६ हजार ४१८ मत ल्याउनुपर्ने देखिन्छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ मा जमानत जफतसम्बन्धी व्यवस्था छ । “पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गतको कुनै निर्वाचनमा मतदान गरिएको जम्मा सदर मतको दश प्रतिशतभन्दा कम सदर मत पाउने उमेदवारको धरौटी जफत हुनेछ,” ऐनको दफा ७१ मा लेखिएको छ, “तर, निर्वाचित उमेदवारको हकमा यो कुरा लागु हुने छैन ।”


तनहुँ १ को अन्तिम परीणाम अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की उम्मेद्वार शोभा गुरुङले २१८,मंगोल नेशनल अर्गनाइजेसनका उम्मेद्वार प्रेम बहादुर थापाले १६६ मत प्राप्त गर्दा अन्य ४ उम्मेद्वारले त एक सय मतसमेत कटाएका छैनन् ।


नागरिक उन्मुक्ति पार्टीका भीम सुनारले ९९ मत पाउँदा राष्ट्रिय जनमुक्तिका उम्मेद्वार पूर्ण बहादुर रानाले ८७ मत पाएका छन् । त्यस्तै नेपाल मजदुर किसान पार्टीका उम्मेद्वार राम प्रसाद प्रजापतिले ३१ मत ल्याउँदा नेकपा (एकीकृत समाजवादी)का उम्मद्वार गणेश श्रेष्ठले केवल ५ मत पाएर आफ्नो जमानत जफत गराएका छन् ।

प्रतिकृया