तनहुँमा रविको दाबी : अबको पाँच वर्षभित्र रास्वपाको नेतृत्वमा सरकार बन्छ
प्रकाशित मिति
२०७९ चैत्र ३० गते, बिहीबार ०३:३१
३० चैत्र २०७९, काठमाडौँ: रास्वपाले वैशाख १० गतेको उपनिर्वाचनमा चितवन, बारा र तनहुँमा आफ्ना उम्मेदवारहरु उठाएको छ । रवि लामिछाने एकको बदला तीन जना प्रतिनिधि सभा छिर्ने बताइरहेका छन् । यस्तैमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अबको पाँच वर्षभित्र आफूहरुको नेतृत्वमा केन्द्रीय सरकार बन्ने बताएका छन् । तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार डा। स्वर्णिम वाग्लेको पक्षमा बिहीबार मत माग्ने क्रममा उनले यस्तो बताएका हुन् ।
गत मंसिरको निर्वाचनमा २० सांसद घण्टी बजाउँदै संसदमा छिरेको उनले उल्लेख गरेका छन् । ‘अब हामी पाँच वर्षभित्र हाम्रै नेतृत्वको सरकार बनाउने गरी घण्टी बजाउँछौँ’, उनले भने, ‘गत निर्वाचनमा चितवन २ ले दिएको सन्देशअनुसार २० सांसद निर्वाचित भए। अबको पाँच वर्षपछि हाम्रै नेतृत्वमा सरकार बनाउने गरी घण्टी बज्नेछ।’

लामिछानेले तनहुँबासीले पनि स्वर्णिम वाग्लेलाई चितवन २ मा आफूलाई जिताए जस्तै जिताउने विश्वास व्यक्त गरे । उनले स्वर्णिम वाग्ले तनहुँ १ का मात्रै उम्मेदवार नभएको बताउँदै देशले आश गरेको एकजना नेताका रुपमा ब्याख्या गरे ।





प्रतिकृया