
श्री बेत्रेश्वरी आधारभूत विद्यालय नवनिर्मित भवन हस्तानतरण तथा शैक्षिक सामाग्री वितवरण समारोह
प्रकाशित मिति
२०७९ चैत्र ३० गते, बिहीबार ०२:३८

३०, चैत्र २०७९, काठमाडौँ : श्री बेत्रेश्वरी आधारभूत विद्यालय नवनिर्मित भवन “सहयोगी हात र उपकारी मन! राष्ट्र र समाजका अमूल्य धन !!” नाराका साथ चौतारा साँगाचौकगढीका नगर प्रमुख कृष्ण प्रसाद सापकोटा र गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष डा बद्री केसीले हस्तारण गरी समारोहको समुदघाटन गर्नु भयो ।
समारोह गैरआवासीय नेपाली संघ तथा IOWA, अमेरिकाको संयुक्त आयोजनामा सम्पन्न भएको छ । IOWA, अमेरिकाको ५६,९५,३०० (छपन्न लाख पन्चान्नब्बे हजार तीन सय रु मात्र) आर्थिक सहयोग, मास कन्सल्ट प्रालिको प्राविधिक सहयोग तथा गैरआवासीय नेपाली संघको संयोजनमा बनेको उक्त विद्यालय भवनको निर्माण गरिएको हो । उक्त कार्यक्रममा ४० जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको थियो ।
विद्यालयका प्रधानाध्यापकले गैरआवासीय नेपाली संघ तथा IOWA, अमेरिकालाई भवन निर्मण गरेको तथा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री हस्तानतरण गरेकोमा हार्दिक कृतज्ञता व्यक्त गर्नु भयो । मास कन्सल्ट प्रा. लि.को निर्देशक दिलिप गस्सीले आफुले गरेको निशुल्क डिजाईनको मुर्त रुप हेर्न पाउदा एकदमै खुसि महशुश भएको जानकारी गराउनु भएको थियो ।
संघका प्रमुख कार्यकारी अधिकृत रबि अधिकारीले विकासको लागी शैक्षिक गुणस्तरले टेवा पुर्याउने हुँदा वेत्रेश्वरी आधारभूत विद्यालयले सो गुणस्तरीय प्रदान गरि विकासको आधार निर्माण गर्ने आशा व्यक्त गर्नु भएको थियो ।
संघका कार्यकारी अध्यक्ष डा. बद्री केसीले जग्गा दाता स्थानीय गहेन्द्र बहादुर थापा, IOWA, अमेरिका तथा मास कन्सल्ट प्रा. लि.लाई व्यक्त गर्नु भएको थियो । संघले भूकम्प २०७२ पछि धेरै शैक्षिक संस्थाको निर्माण गरेको र बेत्रेश्वरी आधारभूत विद्यालय सबै भन्दा पछिलो रहेको जानकारी गराउनु भएको थियो । शैक्षिक सत्तरोन्नतीको लागि विद्यालय व्यस्थापन, स्थानीय तह तथा अभिभावकको भूमिका अहम रहेकोले यस नवनिर्मित भवनको उपयोग गर्दै स्थानीय शिक्षा अझै प्रभवकारी हुनेमा आफु बिश्वस्त रहेको जानकारी गराउनु भएको थियो ।
चौतारा साँगाचौकगढीका नगर प्रमुख कृष्ण प्रसाद सापकोटाले संघले सहकार्य गरि संघले IOWA, अमेरिकाको आर्थिक सहयोग तथा मास कन्सल्ट प्रा. लि.को प्राविधिक सहयोगमा निर्माण गरेकोमा हार्दिक धन्यवाद व्यक्त गर्दै विद्यालय भवनमा यसै शैक्षिक वर्ष देखि पठन पाठन हुने जानकारी गराउनु भयो ।
कार्यक्रम सभापति तथा विद्यालय व्यस्थापन समितिका अध्यक्ष लाला बहादुर थापाले जग्गा दाता स्थानीय गहेन्द्र बहादुर, थापा, गैरआवासीय नेपाली संघ, IOWA, अमेरिक, मास कन्सल्ट प्रा. लि. , स्थानीय सरकार लगायत सबै सरोकारवालाहरुलाई धन्यवाद व्यक्त गर्दै कार्यक्रमको समापन गर्नु भएको थियो । यस समारोहमा स्थानीय जनप्रतिनिधिहरु, अविभावकहरु, विद्यार्थीहरु, स्थानिय समुदाय, विद्यालयका शिक्षकशिक्षिकाहरु, संघका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो ।
प्रतिकृया