महालक्ष्मी विकास बैंकद्वारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न
प्रकाशित मिति
२०७९ चैत्र २९ गते, बुधबार ०१:१७
२९ चैत्र २०७९, काठमाडौँ : “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथगर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्ष देखि अनवरत रुपले गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आएको यस महालक्ष्मी विकास बैंक लिमिटेडका शाखाहरुद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मन्दिर, विद्याश्रम तथा अनाथालयलाई सहयोगका कार्यक्रमहरु सम्पन्न भएका छन् ।

बैंकको टिकापुर शाखाद्वारा टिकापुर नगरपालिका वडा नं १ कैलालीमा अवस्थित जालवा देवी सेवा समितिलाई आठथान सिसि क्यामरा हस्तान्तरण कार्यक्रम सञ्चालन गरिएको छ । मन्दिर परिसरभित्र रहेका सभागृह, मन्दिर आदिमा सम्भावितचोरी, निकासी तथा अन्य सुरक्षामा सहयोग पु¥याउने उद्देश्यले बैैंकले उक्त सहयोग प्रदान गरेको हो ।
टीकापुर शाखाका प्रमुख पदम बहादुर कठायत र टीकापुर नगरपालिकावडा नं ०१ का वडाअध्यक्ष माेहन बि.क.ले सयुक्त रुपमा जालवा देवि सेवा समितिका अध्यक्ष श्री हर्क बहादुर रावललाई सामाग्री हस्तान्तरण गर्नुभएको थियो ।

त्यसैगरि बैंकको महेन्द्ननरगर शाखाद्वारा समाज कल्याण अञ्चल बाल अनाथालयलाई खाद्यान्न, झोला, खेलकुद सामाग्री तथा अन्य आवश्यक सामाग्राी हस्तान्तरण कार्यक्रम सञ्चाल नगरिएको छ । अनाथालयमा रहेका २६ बालबालिकाको आधारभुत आवश्यकता परिपुर्ति गर्नका लागि बैंकले आनाथालयलाई उक्त सहयोग गरेको हो । महेन्द्रनगर शाखाका प्रमुख पहलमान ठकुल्ला र कन्चनपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालले सयुक्त रुपमा समाज कल्याण अञ्चल बाल अनाथालयका कार्यवाहक अध्यक्ष दिवाकर भट्टलाई सामाग्री हस्तान्तरण गर्नुभएको थियो ।
उल्लेखित कार्यक्रम सँगसगै बैकको डडेलधुरा शाखाद्वारा अमरगढी नगरपालिका वडा नं ८ मा अवस्थित उग्रतारा वेद विद्याश्रमका लागिआवश्यक खाद्यान्न हस्तान्तरण गरिएको छ । विद्याश्रममा अध्ययनरत ३० बटुकहरुको दैनिक आधार भुत आवश्यकता पुरा गर्न सहजता मिलोस भन्ने उद्देश्यले बैंकले विद्याश्रमलाई उक्त सहयोग प्रदान गरेको हो । सुदुरपश्चिम प्रदेशका नायवप्रदेश प्रबन्धक तथा डडेलधुर शाखाका प्रमुख चेत पाण्डेले उग्रतारा वेद विद्याश्रमका प्राचार्य प्रेमराजभट्टलाई सामाग्री हस्तान्तरण गर्नुभएको थियो ।
आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरु निरन्तर रुपमा सञ्चाल नगर्ने कुरा बैैकले जनाएको छ ।



प्रतिकृया