• २० भदौ २०८३, शनिबार
  • ४ः५७ बिहान

मिटरब्याजी पीडितहरूको माग सम्बोधन गर्ने गृह मन्त्रालयका प्रतिनिधिकाे आश्वासन

प्रकाशित मिति

२०७९ चैत्र १४ गते, मंगलवार १०:४१

चैत १४, २०७९, काठमाडौँ: मिटरब्याजी पीडितहरुले आज बिहानैबाट बिरोध प्रदर्शन सुरु गरेका छन्।‍ पीडितहरुले आज बिहानैदेखि काठमाडौँको टंगालमा बिरोध प्रदर्शन गरेका हुन्। मिटरब्याजी पीडितलाई भेट्न गृह मन्त्रालयका प्रतिनिधि टंगाल पुगेका थिए । गृह मन्त्रालयका सहसचिव केदारनाथ शर्मा, काठमाडौँका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय, काठमाडौँका प्रहरी प्रमुख दानबहादुर कार्की लगायतको टोली टंगाल पुगेर पीडितका माग सम्बोधन गर्ने प्रयास भइरहेको बताएका हुन् ।

National Life

‘कतिपय विषय कानुन बनाएर संशोधन गर्नुपर्ने छन् । प्रहरी प्रशासन मात्रै भनेर सबै गर्न सकिने कुरा भएन’, सहसचिव शर्माले भने, ‘कानुन बनाउन समय लाग्छ । कानुन बनाउने काम अघि बढेको छ । प्रमुख जिल्ला अधिकारीले पनि काम गरिरहनुभएको छ ।’ उनले सरकारले ३४६ जनाको समस्या समाधान भइसकेको भन्दै बाँकी समस्या समाधान गर्न सरकारले प्रयास गरिरहेको बताएका हुन् । साथै उनले पीडितहरूले प्रधानमन्त्रीलाई भेट्ने चाहाना राखेकाले त्यसको समन्वयका लागि समेत आफूले पहल गर्ने बताए । ‘उहाँहरूले आफ्ना समस्या प्रधानमन्त्रीलाई जाहेर गर्ने भन्नुभएको छ, त्यो भन्ने बित्तिकै सम्भव हुँदैन । म अहिले सम्माननीय प्रधानमन्त्रीलाई भेट्दै छु, भेट्दा उहाँहरूको कुरा जाहेर गर्छु’, शर्माको भनाइ छ ।


मिटरब्याजी पीडितहरू खुलामञ्चमा बस्नको लागि आएपनि काठमाडौँ महानगरपालिकाको नगरप्रहरीले खुलामञ्च प्रवेशमा रोक लगाएपछि उनीहरु खुलामञ्च बाहिरको सडकमा नै सोमबारको रात बिताएका थिए। पीडितहरुले महानगरपालिकाले खुलामञ्च प्रवेशमा रोक लगाएको भन्दै काठमाडौँका मेयर बालेन साहबिरुद्ध नाराबाजी समेत गरेका थिए।

Classic Tech Desktop

तराईका विभिन्न जिल्लाबाट ११ दिनसम्म हिँडेर काठमाडौं आएका मिटरब्याज पीडितहरुले सोमवार खुलामञ्चअघि प्रदर्शन गेका थिए भने आज भने त्यहाँबाट हिँड्दै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारतर्फ जाने क्रममा बिरोध प्रदर्शन गरेका हुन्। तर उनीहरूलाई प्रहरीले टंगालमै रोकेर राखेको छ । प्रहरीले बालुवाटारतर्फ जान नदिएपछि पीडितहरू टंगालमै धार्नामा बसेका हुन् । बिहान दश बजेसम्म टंगालमा धर्ना दिएका उनीहरू अहिले भद्रकालीतर्फ फर्किरहेका छन् । उनीहरूले मिटरब्याजीलाई कारबाही गर्, पीडितलाई न्याय दे, तमसुक व्यवस्था खारेज गर् लगायतका नारा लगाइ र प्लेकार्ड बोकेर बिरोध गरेका छन्।

प्रतिकृया