• १८ भदौ २०८३, बिहीबार
  • ५ः५८ बेलुका

मिडास टेक्नोलोजिज सँगको सहकार्यमा धुलिखेल अस्पतालको “मोबाइल एप” सन्चालन

प्रकाशित मिति

२०७९ चैत्र ९ गते, बिहीबार १०:४३

९ चैत्र २०७९, काठमाडौँ : आइएमई समूह अन्तर्गतको मिडास टेक्नोलोजिजसँगको सहकार्यमा धुलिखेल अस्पतालले आफ्नो मोबाइल एप सञ्चालनमा ल्याएको छ । यो एप मार्फत बिरामीहरूले सजिलै र सुविधाजनक ढंगले धुलिखेल अस्पतालमा ‘अनलाइन अपोइन्टमेन्ट’ बुकिंग गर्न र त्यहाँबाट प्रयोगशाला रिपोर्टहरू प्राप्त गर्न सक्छन् ।


यसले बिरामीहरूलाई अस्पतालसम्म आइपुग्न र लामो लाइनमा उभिने झन्झट हटाउँदै धेरै समय बचत गराउने मिडास टेक्नोलोजिजले जनाएको छ । साथैै यो एप मार्फत नेपाल सरकारको स्वास्थ्य बीमा बोर्ड द्वारा प्रदान हुने स्वास्थ्य बीमाको सुविधा प्राप्त गर्न, निःशुल्क रुपमा अस्पताल टिकट बुक गर्ने र आफ्नो बीमा जानकारी प्राप्त गर्न समेत सकिने छ ।

Kamana Sewa

मिडास टेक्नोलोजी द्वारा विकसित मोबाइल एप सन्चालनमा ल्याउदा सन् १९९६ देखि बिरामीलाई उत्कृष्ट सेवा प्रदान गरिरहेको धुलिखेल अस्पतालले बिरामीहरूलाई दिने सेवाहरूमा थप सुधार हुने छ । मिडासले विकास गरेको सूचना प्रविधिमा आधारित स्वास्थ्य सेवा सूचना प्रणाली १७० भन्दा बढी अस्पतालहरूले प्रयोगमा ल्याएका छन् । सूचना प्रविधिको उपयोग बढाएर स्वास्थ्य सेवाको आधुनिकीकरण तथा सुधार गर्न ‘मिडास टेक्नोलोजीज’ अस्पतालहरूका लागि भरपर्दो साझेदार बनेको छ ।

Classic Tech Desktop

प्रतिकृया