• ११ असोज २०८३, आइतबार
  • १ः०८ राती

लुम्बिनी जनरल इन्स्योरेन्सको १५ दिन शेयर कारोबार रोक्का हुने

प्रकाशित मिति

२०७९ फाल्गुन २८ गते, आईतवार ११:०६

२८ फागुन २०७९, काठमाडौँ: लुम्बिनी जनरल इन्स्योरेन्स लिमिटेडको शेयर कारोबार रोक्का हुने भएको छ । लुम्बिनी जनरल इन्स्योरेन्स र सगरमाथा इन्स्योरेन्सले भोलि (फागुन २९) गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएसँगै साविक लुम्बिनी जनरलले सो प्रयोजनका लागि नेप्सेसमक्ष १५ दिनका लागि शेयर कारोबार रोक्का राख्न अनुरोध गरेको हो ।

National Life

दुई कम्पनीबीच एक आपसमा गाभ्ने।गाभिने सम्बन्धमा नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्डंबाट गाभ्ने।गाभिन अन्तिम स्वीकृति पाएसँगै कम्पनी रजिष्ट्रारको कार्यालयबाट समेत ‘सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड’ को नामबाट एकीकृत कारोबार गर्न अनुमति पाइसकेको छ ।


सोपश्चात् फागुन २४ गते बसेको संयुक्त मर्जर समितिको बैठकबाट गाभिएपश्चात् फागुन २९ गतेबाट एकीकृत कारोबार सुरग् गर्ने निर्णय गरेको हो । साथै सेबोनबाट जारी संगठित संस्था एकआपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका २०७९ बमोजिम गाभ्ने गाभिने कम्पनीको शेयर मिलान, धितोपत्रको पुनः दर्ता धितोपत्रको अभौतिकीकरण तथा सूचीकरण प्रयोजनका लागि कम्पनीको एकीकृत ब्यवसायिक कारोबार प्रारम्भ गरेको मिति फागुन २९ गतेदेखि १५ दिनका लागि लुम्बिनी जनरल इन्स्योरेन्सको शेयर कारोबार रोक्का हुने भएको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया