• १८ भदौ २०८३, बिहीबार
  • ११ः२४ राती

टिपरकाे ठक्करबाट शंङ्खरापुरमा दुई जनाकाे मृत्यु

प्रकाशित मिति

२०७९ फाल्गुन २५ गते, बिहीबार १२:४८

२५ फागुन २०७९, काठमाडौँ: काठमाडाैंकाे शंङ्खरापुरमा टिप्परकाे ठक्करबाट दुई जनाकाे मृत्यु भएकाे छ । गए राति साँखुस्थित इन्द्रायणीमा टिपरको ठक्करबाट पत्रकार पवनलाल श्रेष्ठ र शंखरापुर नगरपालिका ७ साँखुका स्थानीय ५० वर्षीय हरि खड्काको मृत्यु भएको हो।


साँखु–जोरपाटी सडकखण्डमा साँखुबाट ब्रह्मखेल जाँदै गरेको बा ५ ख २४१४ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको बा ९४ प ४४९८ र बा८२प ८३५७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

Kamana Sewa

दुर्घटनामा गम्भीर घाइते भएका पत्रकार श्रेष्ठको नेपाल मेडिकल कलेज अत्तरखेलमा तथा खड्काको शङ्करापुर अस्पताल साँखुमा मृत्यु भएको हाे । दुर्घटनामा २० वर्षीया पुनम श्रेष्ठ घाइते भएकी छिन् । उनको धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचार भइरहेको छ ।

Classic Tech Desktop

दुर्घटनापछि फरार टिपर चालक २६ वर्षीय दिनेश तामाङलाई प्रहरीले राति नै सिन्धुपाल्चोकबाट पक्राउ गरी काठमाडौँ ल्याएको छ ।

प्रतिकृया