• १९ भदौ २०८३, शुक्रबार
  • ७ः४३ बिहान

युवराज सफलको नेतृत्वमा समाजवादी मोर्चा घोषणा

प्रकाशित मिति

२०७९ फाल्गुन २० गते, शनिबार ०२:४३

२० फागुन २०७९, काठमाडौँ: युवराज पौडेल ‘सफल’ को नेतृत्वमा नेपाल समाजवादी मोर्च घोषणा भएको छ । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी समाजवादी मोर्चा घोषणा गरिएको हो । मोर्चाको संयोजकका युवराज सफल आफैं रहेका छन् । मोर्चले नौं सदस्यीय केन्द्रीय सचिवालय गठन गरेको छ । सुशीलनाथ योगी, कृष्ण खड्का, शोभा पाठक, रामराजा श्रेष्ठ, बासु पौडेल, अर्जुन अधिकारी, एलिजा तामाङ, गणेश ढकाल मोर्चाको सचिवालय सदस्य रहेका छन् ।


मोर्चाले तत्काल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर ज्ञापनपत्र बुझाउने संयोजक सफलले जानकारी दिए। साथै, समाजमा विश्वास राख्ने समाजवादी शक्तिलाईसमेत मोर्चामा समावेश गरिने उनको भनाइ छ।

Kamana Sewa

राष्ट्रिय स्तन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध मुद्दा दायर गरेपछि उनी चर्चामा आएका थिए। लामिछानेको नागरिकता अवैधानिक रहेको भन्दै उनले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए।

Classic Tech Desktop

उक्त मुद्दामा सुनुवाइ गर्दै सर्वोच्चले लामिछानेले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता पुनःप्राप्तिका लागि कानुनी प्रक्रिया पूरा नगरेको ठहर गर्दै उनको सांसद पद खारेज गरिदिएको थियो।

प्रतिकृया