दक्षिण एशियामा औषधि प्रतिरोध गर्न सक्ने परजीवी फैलिँदै
प्रकाशित मिति
२०७६ श्रावण २३ गते, बिहीबार ०७:३१
बिबिसी( दक्षिण एशियाका देशहरुमा औषधिलाई नै पचाउन सक्ने औलो (मलेरिया) परजिवी तीव्र रुपमा फैलिरहेको एक अध्ययनले देखाएको छ। ब्रिटेन र थाइल्याण्डका शोधकर्ताहरूले गरेको अध्ययनले मलेरियाका प्रमुख औषधिलाई प्रतिरोध गर्न सक्ने परजीवीहरू दक्षिण एशियामा तीव्र रूपमा फैलिएको भन्दै चिन्ता व्यक्त गरेका छन्। उनीहरुका अनुसार त्यस्ता परजीवी कम्बोडियाबाट लाओस, थाइल्याण्ड र भियतनाम हुँदै फैलिरहेको छ।
अनुसन्धानका क्रममा ती देशहरुमा मलेरियाका आधा बिरामीलाई पहिलो छनौटको औषधिले काम नगरेको फेला परेको हो। शोधकर्ताहरूले त्यस्तो प्रतिरोध अफ्रिकामा फैलिन सक्ने बताएका छन्। तर यसको सम्भावना भने पहिले भनिए जस्तो गम्भीर नहुने सक्ने विज्ञहरू बताउँछन। मलेरियाको उपचार आर्टे्मिसिनिन र पिपेराक्युन नामका दुईवटा औषधिको सम्मिश्रणबाट गरिन्छ।
त्यो सम्मिश्रण सन् २००८ मा कम्बोडियामा प्रयोग गरिएको थियो। तर सन् २०१३ सम्ममा कम्बोडियाको पश्चिमी क्षेत्रमा उक्त औषधिविरुद्ध मलेरियाका परजीवीमा प्रतिरोधी क्षमता विकाश भइसकेको पाइएको थियो। हालसालै सम्पन्न अध्ययनमा दक्षिण पूर्वी एशियाका बिरामीहरूको रगतको नमुना विश्लेषण गरिएको थियो।






प्रतिकृया