• १४ भदौ २०८३, सोमबार
  • २:२८ बेलुका

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बिहान ९ बजे बालुवाटारमा

प्रकाशित मिति

२०७९ माघ २९ गते, आईतवार ०८:४७

२९ माघ, २०७९, काठमाडौँ: सत्ता साझेदार दलहरूको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आइतबार बिहान ९ बजे बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान ९बजे बैठक बस्ने तय भएको प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरि तिमिल्सिनाले जानकारी दिए


गत शुक्रबार पनि संयन्त्रको बैठक बसेको थियो । बैठकमा राष्ट्रपति, उपराष्ट्रपति र समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ। रास्वपा सरकारबाट बाहिरिएसँगै मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा पनि छलफल हुने बताइएको छ ।

Kamana Sewa

निर्वाचन आयाेगले फागुन २५ गते राष्ट्रपतिकाे निर्वाचन मिति ताेकिसकेकाे छ ।

Classic Tech Desktop

सत्ता साझेदार दलहरू राष्ट्रपतिकाे उम्मेदवारलाई लिएर एकमत हुन सकेका छैनन् । नेकपा एमालेले राष्ट्रपतिमा दावी गर्दै आइरहेकाे छ। राष्ट्रपतिलाई लिएर सत्तारूढ दलहरूबीच किचलाे बढेकाे छ ।

प्रतिकृया