• ३ साउन २०८३, आइतबार
  • ४:४३ बेलुका

अमेरिकी आकाशमा शंकास्पद बेलुन, चीनले पठाएको दाबी

प्रकाशित मिति

२०७९ माघ २० गते, शुक्रबार ११:०६

२० माघ २०७९, काठमाडौँ: केही दिनयता अमेरिकी आकाशमा एउटा शंकास्पद बेलुन उडिरहेको पाइएको छ। त्यो चीनको भएको दाबी गर्दै अमेरिकाले अनुसन्धान गरिरहेको बीबीसीले जनाएको छ । अमेरिकी रक्षा विभागले ‘यो निगरानी बेलुन’ चीनको हो भन्नेमा आफू विश्वस्त भएको दाबी गरेको छ ।


बीबीसीका अनुसार दुई दिनअघि बुधबार मात्र अमेरिकाको पश्चिमी राज्य मोन्टानामा यो बेलुन उडिरहेको भेटिएपछि उडान बन्द गर्नुपरेको थियो । अमेरिकी अधिकारीहरूले यो बेलुन मोन्टानामा देखा पर्नुअघि अलास्काको अलेउटियन टापु र क्यानडामा देखिएको बताएका छन् ।

Kamana Sewa

तर त्यसलाई खसाल्दा त्यो भित्र के होला भन्ने चिन्ताले सेनाले नखसाल्ने निर्णय गरेको बताइएको छ । चीनले भने यस बेलुनका विषयमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन। यस विषयमा अमेरिकी राष्ट्रपति जो बाइडेनलाई पनि जानकारी भइसकेको छ ।

Classic Tech Desktop

नाम नछाप्ने सर्तमा एक सैन्य अधिकारीले राष्ट्रपतिले यो बेलुन खसाल्ने आदेश दिएमा यसका लागि एफ–२२ लगायतका केही लडाकु विमान तयार राखिएको बताएका छन् ।

प्रतिकृया