• १९ भदौ २०८३, शुक्रबार
  • ६ः५५ बेलुका

नागरिकका वाचा संसदबाट पूरा गर्न सांसदहरूलाई सभामुख घिमिरेकाे आग्रह

प्रकाशित मिति

२०७९ माघ १९ गते, बिहीबार ०२:५७

१९ माघ, २०७९, काठमाडौँ: सभामुख देवराज घिमिरेले छोटो समयमा नै संसदीय गतिविधिबाट नागरिका समस्या समाधान गरी नेपालको संसदीय इतिहासमै शिक्षा दिने किसिमको भूमिका खेल्न सांसदहरूलाई आग्रह गरेका छन्। बिहीबार संसद भवन नयाँ बानेश्वरमा आयोजित प्रतिनिधिसभाका सदस्यहरूका लागि दुई दिने अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।


उनले नागरिकका समस्याहरूको चाङ बढ्दै गइरहेकाले नागरिकका समस्याहरूलाई समाधान गर्न संसदमा आफ्नो भूमिकालाई बलियो बनाउनुपर्नेमा जाेड दिए। सभामुख घिमिरेले विगतमा कतिपय सांसदहरूको आचार, व्यवहारूरु जनमुखी हुन नसकेको भन्दै संसदमा आइसकेपछि जनतासँग गरेका प्रतिवद्धताहरू पूरा गर्ने हिसाबबाट अघि बढ्न सुझाव दिए।

Kamana Sewa

उनले भने, ‘हामीप्रति देशले ठूलो अपेक्षा राखेको छ, यसका आफ्नै खालका प्रक्रियाहरू छन्, परम्पराहरू छन्। यसलाई प्रभावकारी ढंगबाट सञ्चालन गर्नुपर्नेछ। विगतलाई फर्किएर हेर्दा हाम्रा आचार, व्यवहारहरू कतिपय मानेमा जनउत्तरदायी हुन नसकेका छन् भने कतिपय हामीले विचार गरेका हाम्रो वस्तुपरिस्थितिको बारेमा उल्लेखनीय उपलब्धिहरू पनि छन्। पहिलो पल्ट सबै नयाँ नै हुन्छ, केही संख्या दोहोरिएर आउने कुरा बेग्लै हो। अहिलेसम्मको अभ्यासमा हेर्दा, नयाँ संसद बनिसकेका र धेरै सांसदहरूले विगतमा योगदान गर्नुभएका कुराहरू छन्। यी सबै काम गर्दा कत्तिको जनउत्तरदायी भएर काम गरेका छौँ? विषयमा आधारित भएर गर्नसकेका छौँ कि छैनौँ? हामीलाई निर्वाचित गर्ने नागरिकले संसदका गतिविधिबाट, अभिव्यक्ति र प्रयत्नबाट काम खोजिरहनुभएको छ।’

Classic Tech Desktop

सभामुख घिमिरेले संसदलाई प्रभावकारी बनाउने सबैभन्दा ठूलो जिम्मेवारी सरकार र प्रमुख प्रतिपक्षको हुने पनि बताए।

प्रतिकृया