काठमाडौंमा तीन दिने ‘मगर मौलिक सांस्कृतिक राष्ट्रिय महोत्सव’ हुने, प्रधानमन्त्री प्रचण्ड प्रमुख अतिथि
प्रकाशित मिति
२०७९ पुष २५ गते, सोमबार ०५:३१
२५ पुस २०७९, काठमाडौँ : नेपाल मगर संघ केन्द्रीय समितिले माघेसंक्रान्तिको अवसरमा मगर मौलिक राष्ट्रिय सांस्कृतिकृत महोत्सव आयोजन गरेको छ । मगर संघले आज (सोमबार) रिपोर्टर्स क्लव नेपालमा पत्रकार सम्मेलनगर्दै पुष २९, ३० र माघ १ गते काठमाडौंको टुँडिखेलमा महोत्सवको आयोजना गरिएको बताएको हो । कार्यक्रमको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गर्ने बताइएको छ ।
कार्यक्रममा मगरहरुको मौलिक सांस्कृतिक प्रदर्शनी, मौलिक खानपिन, भेषभूषा र मगर जातिको मौलिक खेल धनुष वाण हान्ने, क्षलो हान्ने खेल लगायतका कार्यक्रम रहने बताइएको छ । कार्यक्रममा मगर समूदायका अन्य संघ संस्थाहरुको पनि प्रतिनिधित्व रहने छ । कार्यक्रममा पुष २९ र ३० गते मौलिक सांस्कृतिको प्रदर्शन हुने र सोही दिनमा गरहरुको परम्परित खेलहरु क्षलो हान्ने र धनुष वाण लगायत शुभकामना आदान प्रदानको कार्यक्रम रहेको छ भने माघ १ गते दिनको १० बजे भृकुटी मण्डपबाट र्याली सुरु हुने छ ।
कार्यक्रममा उपस्थिति भएर मगरको मौलिक संस्कृति, भेषभुष, खानपिन, मौलिक खेल लगायतका गतिविधिको अवलोकनका लागि केन्द्रीय अध्यक्ष ज्ञानेन्द्र पुनले आग्रह गरेका छन् । ‘यो देशका विभिन्न जातजाति मध्ये मगरको एउटा बृहत र गर्विलो इतिहास छ । हामीले त्यसको रक्षागर्दै समग्र मगर समूदायको समृद्धिका लागि यो अभियानमा सबै दाजुभाई दिदी बहिनीलाई जोडिन आग्रहगर्दर्छौ,’ अध्यक्षपुनले भने । सरकारको संस्कृति मन्त्रालयमा नेपालको मौलिक संस्कृति सूचीकृत नभएको भन्दै उनले सरकारले सांस्कृतिक अभिलेखी करणको अभियान सुरु गर्नु पर्ने बताएका छन् । सांस्कृति जाति भन्दा माथि उठेको विषय भएकाले यसलाई राज्यले संरक्षण गर्न आवश्यक रहेको उनको धारणा छ । मगर जाति समूदाय समग्र नेपाल र जातिको पक्षमा रहेको पनिउनले बताए ।
मगर समूदायको मौलिक संस्कृति र मौलिक खेलको संरक्षणका लागि महोत्सवको आयोजना गरिएको नेपाल मगर संघ केन्द्रीय समितिका उपमहासचिव खगेन्द्र पुनले बताए । कार्यक्रममा नेपाल मगर संघका केन्द्रीय अध्यक्षपुन, सह–अध्यक्षद्वय गंगाबहादुर थापा मगर, गंगाखासु मगर, महासचिव टेक नाम्जाली मगर लगायतको उपस्थिति रहेको थियो ।






प्रतिकृया