चुनावी झडपमा मृत्यु भएका बाजुराका सन्दीप र चेतन ऐडीको परिवारलाई १० लाख दिइने
प्रकाशित मिति
२०७९ पुष २२ गते, शुक्रबार ०२:४९
२२ पुस २०७९, काठमाडौँ: सरकारले गत मंसिर ४ गते सम्पन्न प्रदेश तथा प्रतिनिधिसभाकाे निर्वाचनमा झडप हुँदा मृत्यु भएका बाजुराका सन्दीप ऐडी र चेतन ऐडीको परिवारलाई १०/१० लाख रुपाैयाँ रकम सहयाेग गर्ने भएकाे छ।
हिजाे पुस २१ गते बिहीबार बसेकाे मन्त्रिपरिषद्काे बैठकले बाजुरामा चुनावी झडपका क्रममा मृत्यु भएका सन्दीप र चेतनको परिवारलाई १०/१० लाखको सहयोग गर्ने निर्णय गरेकाे अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए।

गत मंसिर ४ निर्वाचनका दिन मतदानको समयमा नेपाली कांग्रेसका कार्यकर्ताले ‘बुथ कब्जा’ गर्न खोजेपछि सुरक्षाकर्मीले गोली चलाउँदा कांग्रेसका कार्यकर्ता सन्दीप ऐडीको मृत्यु भएको थियो।

४ गते साँझ त्रिवेणी- ७ बस्ने अनेरास्ववियुका केन्द्रीय सदस्य चेतन ऐडीको कांग्रेस कार्यकर्ताको कुटपिटबाट मृत्यु भएको थियो।
Related
Recent News
- कृष्णभीरमा सडक खुलाउन रुख कटान सुरु, प्राविधिक अध्ययन हुँदै
- सुरुङमा फसेकाको उद्धार पहिलो प्राथमिकता हुनुपर्छ : कुलमान घिसिङ
- बाढी प्रभावित नुवाकोट–रसुवा पुगे गगन थापा, सरकारको नेतृत्वदायी भूमिका आवश्यक
- भोटेकोशी बाढी : १ हजार २५२ शव फेला, ४ हजार २१६ जना अझै सम्पर्कविहीन
- बैंकिङ प्रणालीबाट आज १८ अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक
- एचआईडीसीएलद्वारा भोटेकोशी बाढीपीडितका लागि १ करोड १ लाख सहयोग
- नेको इन्स्योरेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३५ लाख सहयोग
- सुनको मूल्य तोलामा ७ हजार ६०० रुपैयाँले बढ्यो
- टेलिकमले बाढीग्रस्त सबै क्षेत्रमा पुर्यायो आफ्नो नेटवर्कको पहुँच
- नबिल बैंकद्वारा ५.५% नबिल डिबेञ्चर-२०९३ नामक ऋणपत्र निष्कासनका लागि बिक्री प्रबन्धक नियुक्त
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया