• १२ असोज २०८३, सोमबार
  • ७ः५१ बेलुका

सयपत्री हाईड्रोपावरले डाक्यो साधारणसभा

प्रकाशित मिति

२०७९ पुष १ गते, शुक्रबार ०९:५२

पुष १, २०७९, काठमाडौं: सयपत्री हाईड्रोपावरले कम्पनी लिमिटेडले आफ्नो ५ औँ साधारणसभा आह्वान गरेको छ ।कम्पनीको मंशिर २८ गते बसेको सञ्चालक समिती बैठकको निर्णय अनुसार छैटौँ बार्षिक साधारणसभा पुस २३ गते सुर्य क्याटरिङ एण्ड पार्टी प्यालेस, धुम्बाराहि काठमाडौँमा बिहान ८ः३० बजेदेखि सुरु हुने छ ।

National Life

सभामा अध्यक्षको आर्थिक वर्ष २०७८/७९ को प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरिक्षक प्रतिवेदन, अन्य वित्तीय विवरण र अनुसूचीहरु पारित गर्ने, आर्थिक वर्ष ७९/८० को लागि लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव पेश हुने छन् ।


सभाबाट सर्वसाधारण समूहबाट सञ्चालक समितीमा प्रतिनिधित्व गर्ने नयाँ सञ्चालकहरुको चयन समेत हुनेछ । कम्पनीले गत आर्थिक बर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश घोषणा भने गरेको छैन ।कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस ११ गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेको छ । जस अनुसार अनुसार पुस १० गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

Classic Tech Mobile
Classic Tech Desktop

कम्पनीले गत साउन १३ गतेदेखि साउन १७ गतेसम्म सर्वसाधारणका कुल ७ लाख २१ हजार ६० कित्ता आईपीओ निष्कासन गरेको थियो । कुल कित्ताको ५ प्रतिशतले हुन आउने ३६ हजार ५३ कित्ता सेयर सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने १४ हजार ४२१ कित्ता कर्मचारीका लागि सुरक्षित गरी बाँकी ६ लाख ७० हजार ५८६ कित्ता सर्वसाधारणका लागि छुट्याइएको थियो ।

प्रतिकृया