• १४ असोज २०८३, बुधबार
  • १२ः३१ दिउँसो

हस्तकला व्यापार मेला र प्रतियोगिता मङ्सिर २३ गते देखि सुरु हुँदै

प्रकाशित मिति

२०७९ मंसिर २१ गते, बुधबार ११:३९

२१ मंसिर २०७९, काठमाडौँ : नेपाल हस्तकला महासंघले १९ औं हस्तकला व्यापार मेला तथा १७ औं हस्तकला प्रतियोगिता यही मंसिर २३ देखि २७ सम्म होटल हायातमा आयोजना गर्ने भएको छ। ५ दिन सम्म चल्ने मेला होटल हायात रेजेन्सी, बौद्धमा आयोजना हुनेछ। हस्तकला ब्यापार मेलाको उद्घघाटन सम्माननीय राष्ट्रपति वा प्रधानमन्त्रीबाट गर्ने कार्यक्रम रहेको आयोजकले जानकारी दिएको छ।

National Life

मेलामा हस्तकला बस्तुहरुको १५० ओटा स्टलहरु रहनेछन् भने ७० वर्ष नाघेका ज्येष्ठ कलाकार तथा आर्थिक वर्ष २०७८/७९ मा हस्तकला वस्तुहरु विदेशी बजारमा निर्यात गर्ने अग्रणी निकासी कर्ताहरुलाई सम्मान गरिनेछ । यस मेलाले स्वदेश तथा विदेशमा उत्पादन भएका उत्कृष्ट सामग्रीहरु ग्राहकमाझ ल्याउन मद्दत गर्ने महासंघको भनाई छ ।


१७ औं हस्तकला प्रतियोगितामा प्रमुख आर्कषणको रुपमा कला प्रतियोगिता अन्तर्गत काष्ठकला, प्रस्तरकला र सेरामिकको प्रयोग बाट मानव मुखाकृति भएको गरुड(बन्टेज) बनाउने विधा, प्राकृतिक रेसाहरुको प्रयोगबाट मफलर बनाउने प्रतियोगिता पनि संचालन हुनेछ। उक्त १७ औं हस्तकला प्रतियोगितामा विजेता कलाकारहरुलाई प्रथम पुरस्कार ५० हजार, द्धितीय पुरस्कार ३० हजार तथा तृतीय पुरस्कार २० हजार रुपियाँ प्रदान गरिने जनाइएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

मेलामा विगतको जस्तै हस्तकला सामानहरुको बजार प्रबद्र्धन, प्रचार प्रसारका साथै निर्यात ब्यापार प्रबद्र्धन गर्ने प्रमुख कार्यक्रम हुनेछ । हाल नेपाली हस्तकलाका सामग्रीहरु बर्षिक करिब १२ अर्ब रुपियाँ बराबरको मूल्यमा विश्वका ६० भन्दा धेरै देशहरुमा निकासी भइरहेको महासंघको दावी छ । राष्ट्रिय अर्थतन्त्रमा समेत यस उद्योगले योगदान पुर्याउँदै आएको महासंघले जनाएको छ।

प्रतिकृया