• १७ भदौ २०८३, बुधबार
  • ५ः२७ बेलुका

ज्योति विकास बैंकको संस्थापक सेयर बिक्रीमा

प्रकाशित मिति

२०७९ मंसिर १५ गते, बिहीबार ०५:१३

१५ मंसिर २०७९, काठमाडौँ : ज्योति विकास बैंक लिमिटेडले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकका केही संस्थापक सेयरधनीहरूले आफ्नो नाममा रहेको संस्थापक सेयर बिक्री गर्न निवेदन दिएका हुनाले बैंकले उक्त सेयर बिक्री गर्न लागेको हो । बैंकले सेयर संख्या भने खुलाएको छैन । बैंकले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम बैंकका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक सेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर बैंकको केन्द्रीय कार्यालय कमलपोखरी, काठमाडौँमा आइपुग्ने गरी निवेदन दिन आग्रह गरेको छ ।


त्यसैगरी, तोकिएको समय अवधिभित्र विद्यमान संस्थापकहरुको आवेदन नआएमा प्रचलित कानून बमोजिम सेयर बिक्री प्रक्रिया अगाडि बढाउने पनि बैंकले जनाएको छ ।

Kamana Sewa

प्रतिकृया