• १२ असोज २०८३, सोमबार
  • ९ः०० राती

रवि लामिछानेले सार्वजनिक गरे सांसद निर्वाचित भएपछि गरेका कामका विवरण

प्रकाशित मिति

२०७९ मंसिर १३ गते, मंगलवार ०९:०५

१३ मंसिर २०७९, काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका चितवन-२ बाट निर्वाचित प्रतिनिधि सभा सांसद रवि लामिछानेले सांसद भएदेखिका कामका विवरण सार्वजनिक गरेका छन्। उनले भोट खसालेपछि जनताको काम सकिने र जनप्रतिनिधिको काम सुरू हुनेसमेत उल्लेख गरेका छन्। ‘भोट खसाले पछि जनताको काम सकिन्छ र जनप्रतिनिधिकोको काम सुरू हुन्छ। हामीले बुझेको राजनीति यही नै हो,’ उनले भनेका छन्। सांसद भएपछि गरेका कामका विवरणबारे उनले ४ बुँदा सार्वजनिक गरेका छन्। जसमा बिजुली र रासायनिक मलका लागि पहल गरेका विवरण छन्।

National Life

‘मेरो निर्वाचन क्षेत्र चितवन-२ को इच्छाकामना गाउँपालिकाको वडा नम्बर २, ३, ४, ५, ६ र ७ का विद्युत नपुगेका स्थानमा यही महिनाभित्र क्रमश टेन्डर आह्वान गरेर विद्युत लाइन विस्तार हुने भएको छ। विद्युत प्रधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग तत्काल विद्युत लाइन विस्तार गर्न छलफल भएको छ। अब छिटोभन्दा छिटो मेरो निर्वाचन क्षेत्रका नागरिकले टुकी बाल्नु पर्ने अवस्थाको अन्त्य हुनेछ,’ उनले भनेका छन्।


साथै उनले कालिका नगरपालिकाको विद्युत नपुगेका पहाडी भेगमा पनि तत्काल विद्युत विस्तार हुने बताएका छन्। ‘चितवनका किसानले वर्षौंदेखि भोगेको रासायनिक मलको अभाव अन्त्यका लागि आज कृषि सामग्री कम्पनी लिमिटेड पुगेर मल आयातको अवस्था, भण्डारण र वितरणको अवस्था निरीक्षण गरेको छु। दुवै भेटघाट निकै फलदायी बनेका छन्,’ उनको भनाइ छ।

Classic Tech Mobile
Classic Tech Desktop

उनले समसामयिक राजनीतिबारे पनि नजिकबाट नियालीरहेको उल्लेख गरेका छन्। ‘केन्द्रीय राजनीतिको हालको परिस्थितिलाई हामी नजिकबाट नियालीरहेका छौं। निर्वाचनको पूर्ण नतिजा आए पछि निर्णयमा पुग्छौं। हामीलाई जनताले के गर्न भनेर भोट दिएका हुन् भन्ने हेक्का हामीलाई छ, धैर्य गरौं,’ उनले भनेका छन्।

प्रतिकृया