रुसमा एलजिबिटिआइक्यूमाथिको प्रतिबन्ध थप कडा बन्ने
प्रकाशित मिति
२०७९ मंसिर ९ गते, शुक्रबार ११:३५
९ मंसिर २०७९, काठमाडौँ: रुसको तल्लो सदनले सर्वसम्मत रुपमा तथाकथित ‘गे प्रोपोगाण्डा’ माथिको प्रतिबन्ध थप बढाउने सम्बन्धी प्रस्ताव पारित गरेको छ । नयाँ कानून अनुसार समलैंगिता सम्बन्धी पुस्तक, चलचित्र र अनलाइन सामग्रीसहित गैरकानूनी भएको छ। त्यसका लागि गम्भीर सजायको व्यवस्था गरिएको छ ।
रुसको यो कानूनलाई ‘आन्सर टू ब्लिंकन’ उपनाम दिइएको छ, अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकनले रुसमा वाक स्वतन्त्रता गम्भीर रुपमा प्रतिबन्धित भएको बताएका थिए । सोही कारण कानूनको उपनाम उनलाई दिइएको उत्तरका रुपमा राखिएको हो ।
नयाँ कानूनले रुसमा लैंगिक तथा यौनिक अल्पसंख्याक एलजिबिटिआइक्यू समुदायलाई थप दबाउने अभियन्ताले बताएका छन् । रुसी तल्लो सदन डुमाका सबै ३९७ सदस्यले नयाँ कानूनको पक्षमा मत दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
माथिल्लो सदनबाट पारित भएर राष्ट्रपति भ्लादिमिर पुटिनले हस्ताक्षर गरेपछि यसले औपचारिक रुपमा कानूनको रुप लिने छ । तर बाँकी प्रक्रियालाई पूरा हुन बाँकी औपचारिकता मात्रै ठानिएको छ ।







प्रतिकृया