• ४ असार २०८३, बिहीबार
  • ३:१५ बेलुका

यी हुन् एनसेलका चुनावमा अपडेट रहन उत्कृष्ट प्याकहरू

प्रकाशित मिति

२०७९ मंसिर १ गते, बिहीबार १२:५५

१ मंसिर २०७९, काठमाडौं : एनसेलका ग्राहकले यो प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका बेलामा आफू अपडेटेड रहन विभिन्न डेटा र भ्वाइस प्याकबाट फाइदा लिन सक्ने भएका छन्। एनसेल आजियाटाले आफूले प्रदान गरेको प्याकहरूले ग्राहकहरूलाई सञ्चार सेवामा पहुँच सुनिश्चित गर्ने र यसले सेवा सहज र सुलभ हुने जनाएको छ।


आफ्ना सञ्चार सेवाका आवश्यकताहरूका आधारमा, ग्राहकहरूले दैनिक, साप्ताहिक वा मासिक प्याक छनौट गर्न सक्छन्। ग्राहकले कर सहितमात्र ४८ रुपैयाँमा २४ घन्टा अर्थात् १ दिनसम्म अनलिमिटेड डेटा र नेपालको सबै नेटवर्क पठाउँन मिल्न ४० अल नेट एसएमएस प्याक लिन सक्छन्। ग्राहकले एस्ट्रिक्स१७१२३एस्ट्रिक्स२५ह्यास डायल गरी यो प्याक लिन सक्छन्। कम्पनीका अनुसार डेटा सेवामा, ग्राहकले डबल मजा प्याकमा अन्तर्गत ७ दिनको समयसिमा रहेको ५ जिबी डेटा र १ जिबी नाइट डेटा प्रयोग गर्न सक्छन्।

Kamana Sewa

ग्राहकले एस्ट्रिक्स१७१२३एस्ट्रिक्स२२ह्यास डायल गरी यो प्याक सुरू गर्न सक्ने बताइएको छ। डबल मजा प्याक खरिद गर्ने ग्राहकले सोही प्याक पुनः खरिद गर्दा दोब्बर डेटा भोल्युम प्राप्त गरी डबल फाइदा लिन सक्छन्। यसको अर्थ ग्राहकले ५ जिबीको प्याक फेरि किन्दा १० जीबी डेटा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।

Classic Tech Desktop

त्यस्तै, मात्र २९ रुपैयाँमा ग्राहकले एक दिने १ जिबी अल टाइम डेटा र १०० एमबी (बोनस) डेटा प्याक प्राप्त गर्न सक्छन्। ग्राहकले एस्ट्रिक्स१७१२३ एस्ट्रिक्स २६ ह्यास डायल गरी यो प्याक लिन सक्छन्। त्यस्तैगरी, भ्वाइस सेवा अन्तर्गत ग्राहकले अल नेपाल भ्वाइस प्याक प्रयोग गरी कुनै पनि नेटवर्कमा सुलभ दरमा कल गर्न सक्छन्। ग्राहकले यो प्याकमा रहेको ५०० मिनेट अल नेट कल मात्र २६५ रुपैयाँमा सुरू गर्न सक्छन्। ग्राहकले स्ट्रिक्स१७११८ एस्ट्रिक्स ३ह्यास डायल गरी प्याक सुरू गर्न सक्छन्। एनसेल एप र वेबसाइटमार्फत पनि यो प्याक खरिद गर्न सकिने बताइएको छ।


अन नेट कलका लागि पनि ग्राहकलाई इन्डलेस कुराकानी प्याकको विकल्प रहेको छ। यस प्याकमा रहेको कुल ८७५ मिनेट अन नेट टक टाइम (हरेक दिन १२५ मिनेट अन नेट टक टाइम, सात दिनसम्म) मात्र ९५ रुपैयाँमा सुरू गर्न सक्छन्। यो प्याक सुरू गर्न ग्राहकले एस्ट्रिक्स१७११८एस्ट्रिक्स६ह्यास डायल गर्नुपर्ने कम्पनीले बताएको छ।

प्रतिकृया