• २६ भदौ २०८३, शुक्रबार
  • ८ः५२ राती

स्थिर समयमा प्रचारप्रसार गरेको पाइए कारबाही गर्ने आयोगको चेतावनी

प्रकाशित मिति

२०७९ कार्तिक २९ गते, मंगलवार ११:२०

२९ कार्तिक २०७९, काठमाडौँ: निर्वाचन आयोगले निर्वाचन हुनुभन्दा ४८ घण्टाअघिबाट निर्वाचन प्रचारप्रसारसँग सम्बन्धित कुनैपनि गतिविधि गर्न नपाइने बताएको छ । आयोगले निर्वाचन कसुर तथा सजाय ऐनको दफा २४ को ५ ले निर्वाचन हुनुभन्दा ४८ घण्टाअघि निर्वाचन प्रचारप्रसारका कुनै पनि गतिविधि गर्न नपाउने उल्लेख गरेको भन्दै आसन्न निर्वाचनका उम्मेदवार र कार्यकर्ताहरूलाई यसबारेमा पुनः सचेत गराएको हो ।

National Life

मंगलबार निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मतदानअघिका ४८ घण्टामा निर्वाचन प्रचारप्रसारसम्बन्धी कुनै पनि कार्यक्रम गर्न नपाउने बताए। उनले विगतमा आयोगले मौन अवधि तोक्ने गरेको तर यस वर्ष भने मौन अवधि नरहेकाले यस समयलाई स्थिर समयको रूपमा प्रयोग गर्नुपर्ने बताए।


उनले मंसिरको १ गते राति १२ बजेबाट निर्वाचनको प्रचारप्रसारसम्बन्धी सम्पूर्ण कामहरू निषेध हुने बताए । उनले कुनै पनि प्रकारको निर्वाचनसम्बन्धी प्रचारप्रसार गरेको पाइए निर्वाचन कसुर तथा सजाय ऐनअनुसार कारबाही गर्ने चेतावनी दिए ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन आसन्न मंसिर ४ गते एकै चरणमा हुँदैछ । आयोगले आसन्न निर्वाचनका लागि आफ्नो तयारी अन्तिम चरणमा पुगेको समेत बताएको छ ।

प्रतिकृया