• १२ असोज २०८३, सोमबार
  • ११ः१० बिहान

रवि लामिछानेलाई निर्वाचन आयोगले सोध्यो २४ घन्टे स्पष्टीकरण

प्रकाशित मिति

२०७९ कार्तिक २२ गते, मंगलवार ०७:५२

२२ कात्तिक २०७९, काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं चितवन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रवि लामिछानेलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ। निर्वाचन प्रचारप्रसारका क्रममा टोपी प्रयोग गरेको सम्बन्धमा लामिछानेलाई स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ। लामिछाने घण्टी चुनाव चिन्ह लिएर प्रतिनिधिसभा निर्वाचनमा सहभागी भएका हुन्।

National Life

‘रवि लामिछानेलाई विजयी बनाऔँ, यसपालिको मतदान रवि लामिछानेलाई’ भन्ने व्यहोरा छापिएको टोपी प्रयोग गरेको भनी आएको उजुरीका आधारमा लामिछानेलाई स्पष्टीकरण सोधिएको अयोगले उल्लेख गरेको छ। निर्वाचन आचारसंहिताको दफा १३ को उपदफा ९१० को खण्ड ९घ० मा जुलुस वा आमसभामा भाग लिने वा प्रचारप्रसार गर्ने व्यक्तिले दल वा उम्मेदवारको निर्वाचन चिन्ह वा झण्डा अंकित लोगो वा स्टिकर वा कपडा, टोपी वा क्याप, भेष्ट, टिसर्ट, ज्याकेट, कमिज, गम्छा, ब्याच, मास्क वा लकेट लगाउन वा झोला बोक्न नहुने व्यवस्था रहेको छ।


निर्वाचन प्रचारप्रसारको लागि क्यापको प्रयोग गर्ने कार्यबाट निर्वाचन आचारसंहिताको उक्त दफा उल्लंघन हुने देखिएकाले पत्र प्राप्त भएको २४ घण्टाभित्र र्वाचन आयोग नेपाल वा सम्बन्धित जिल्ला निर्वाचन कार्यालय प्राप्त हुने गरी स्पष्टीकरण पेश गर्न आयोगले भनेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया