• १३ असोज २०८३, मंगलबार
  • १०ः३८ बिहान

सुन–चाँदीको मूल्य बढ्यो

प्रकाशित मिति

२०७९ कार्तिक ६ गते, आईतवार ११:२६

६ कात्तिक, २०७९, काठमाडौँ : आइतबार नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ। आज सुनको मूल्य अघिल्लो दिनको तुलनामा १५ सय रुपैयाँ बढेको हो। शुक्रबार सुन तोलामा छ सय रुपैयाँ घटेको थियो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला ९३ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ ।

National Life

शुक्रबार छापावाल सुन प्रतितोला ९२ हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १२ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ।


शुक्रबार चाँदी प्रतितोला ११ सय ७० रुपैयाँमा कारोबार भएको थियो। शुक्रबारको तुलनामा आज चाँदी प्रतितोला ४५ रुपैयाँ बढेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १६ सय ५८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया