• ११ असोज २०८३, आइतबार
  • ९ः१६ बिहान

बैंक अफ काठमाण्डूको चाडवाड लक्षित योजना, २५ प्रतिशतसम्मको नगद फिर्ता

प्रकाशित मिति

२०७९ कार्तिक १ गते, मंगलवार ११:५२

१ कार्तिक २०७९, काठमाडौँ: बैंक अफ काठमाण्डू लिमिटेडले तिहारलाई लक्षित गर्दै आफ्ना ग्राहकहरुलाई मोबाईल बैंकिङ्गबाट क्यूआर स्क्यान गरी विधुतिय भुक्तानी कारोबार गर्न थप प्रोत्साहित गराउने प्रयोजनले २५ प्रतिशतसम्मको नगद फिर्ता योजना सार्वजानिक गरेको छ ।

National Life

बैंकका अनुसार यो नगद फिर्ता योजना आज (मंगलवार)बाट २०७९ साल कार्तिक ६ गते आइतवारसम्म मात्र रहने छ । यस योजना अन्तर्गत बैंकको मोबाईल बैंकिङ्गमार्फत प्रथम पटक क्यूआर स्क्यान गरी कारोबार गर्नेे ग्राहकहरुले मात्र नगद फिर्ता पाउने छन् ।


उक्त नगदफिर्ता योजना अन्र्तगत बैंकको मोबाईल बैंकिङ्ग प्रयोगकर्ताहरुले नगद फिर्ताको लागि योजना अवधिको प्रथम कारोबार रकमको २५ प्रतिशत वा एक सय ५० रुपैयाँसम्मको नगद फिर्ता पाउने छन् । बैंकले यस योजनाबाट समग्र विद्युतिय कारोबारमा वृद्धि हुने विश्वास लिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

बैंकले ग्राहकहरु तथा सेयरधनीहरुको उच्चतम् लाभलाई ध्यानमा राखी विभिन्न समयमा ल्याएको विभिन्न ग्राहकमैत्री योजनाहरु तथा अघिल्लो आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई २० दशमलव ९५ प्रतिशत लाभाशं वितरण गर्ने प्रस्ताव ल्याएको छ । बैंकले प्रस्ताव गरेको उच्चतम् लाभाशंले ग्राहकहरु तथा सेयरधनीहरुको हितलाई बैंकले सधै आत्मसात गरी कार्यसम्पादन गरिरहेको पुष्टि भएको छ ।


विद्युतीय कारोबारमा बैंकको ग्राहकलाई उत्प्रेरित गर्ने हेतुले बैंकले विभिन्न ईकमर्स प्लेटफर्महरु, विभिन्न होटलहरु, रेस्टुरेन्टहरु, फिटनेस सेन्टरहरु, स्टोरहरु, अस्पतालहरु, स्वास्थ्य क्लिनिकहरु, ईन्स्टिच्युटहरुमा छुटहरु प्रदान गरीरहेको र भविष्यमा पनि विभिन्न नगद फिर्ता तथा छुटको योजनाहरु ल्याई ग्राहकहरुलाई लाभाम्वित बनाउन बैंक प्रतिवद्ध रहेको बताएको छ ।

प्रतिकृया