• ४ असोज २०८३, आइतबार
  • ९ः१५ बिहान

विश्वकप छनोटमा कुवेतविरुद्ध नेपाल विजयी

प्रकाशित मिति

२०७६ श्रावण ११ गते, शनिबार १०:५०

काठमाडौंः सिंगापुरमा जारी आईसीसी टि–२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत नेपालले कुवेतलाई पराजित गरेको छ । शनिबार भएको खेलमा कुवेतलाई ७ विकेटले पराजित गर्दै नेपालले दोस्रो जित दर्ता गरेको हो । कुवेतले दिएको १४२ रनको लक्ष्य नेपालले १५.५ ओभरमा ३ विकेट गुमाएर पुरा र्गयो ।
नेपालका लागि कप्तान पारस खड्काले ६८, शरद भेषावकरले अविजित ३८, उपकप्तान ज्ञानेन्द्र मल्लले १९ र रोहित कुमार पौडेलले अविजित ६ रन बनाए । कुवेतका लागि कप्तान मुहमद कासिफले ३ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कुवेतले पुरै २० ओभर खेल्दै ९ विकेट गुमाएर १४१ रन बनायो ।

National Life

कुवेतका लागि कप्तान मुहमद कासिफले अविजित ४९, आदनन इद्रेसले २५, मोहमद आस्लमले २३, विलाल ताहिरले १३ र मोहम्मद अहसानले ४ रन बनाए । नेपालका लागि सन्दीप लामिछाने र बसन्त रेग्मीले ३र३, करण केसी २ र अविनाश बोहराले एक विकेट लिए ।

प्रतिकृया