• ५ साउन २०८३, मंगलबार
  • ४:२० बेलुका

विश्वकप छनोटः कतारलाई कुवेतले हरायो

प्रकाशित मिति

२०७६ श्रावण १० गते, शुक्रबार ०१:५९

एजेन्सी, सिंगापुरमा जारी आईसीसी टी–२० विश्वकप क्रिकेटअन्तर्गत कुवेतले पहिलो जित हात पारेको छ । एसियाली छनोट प्रतियोगिताको इन्डियन एसोसिएसन क्रिकेट मैदानमा शुक्रबार बिहान भएको खेलका कुवेतले कतारलाई १० रनले हराएको हो ।

कुवेतले दिएको एक सय ९८ रनको विजयी लक्ष्य पछ्याएको कतार निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय ८७ रनमा समेटिएको थियो । कतारका लागि कप्तान तमुर साजादले अविजित ४६ रन बनाए । नुमन सर्वारले अविजित ३४ रन बनाए । इनाम उल हकले २८ र फैसल जाभेदले २४ रन बनाए । कुवेतका सिराज खान र जन्दु हामुदले समान दुई–दुई विकेट लिए ।

Kamana Sewa

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कुवेतले २० ओभरमा सात विकेट गुमाएर एक सय ९७ रन बनाएको थियो । कुवेतका लागि आदनन इड्रेसले ५६ रन बनाए । कप्तान मुहमद कासिफले ४३, मिट भाबसरले ३५ र उस्मान वाहिदले अविजित २८ रन बनाए । कतारका इकबाल हुसेन र नुमन सर्वारले समान दुई दुई विकेट लिए । जितसँगै कुवेत दोस्रो स्थानमा उक्लिएको छ । कुवेतले तीन खेलबाट ३ अंक बनाएको छ । दोस्रो हार खेपेको कतारको २ अंक छ । साथै आज नै हुने अर्को खेलमा सिंगापुर र मलेसिया भिड्दैछन् ।

Classic Tech Desktop

प्रतिकृया