• १३ असोज २०८३, मंगलबार
  • १ः५५ दिउँसो

आजदेखि रसुवागढी नाका सञ्चालन, दैनिक १४ कन्टेनर नेपाल प्रवेश गर्न दिने

प्रकाशित मिति

२०७९ भाद्र ३० गते, बिहीबार ०६:११

३० भाद्र २०७९, काठमाडौं : आज बिहीबारदेखि रसुवागढी नाका सञ्चालनमा आउने भएको छ । कोरोना भाइरसका कारण बन्द रहेको रसुवागढी नाका आजबाट बिहीबारदेखि सञ्चालनमा आउने भएको हो । नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुले नेपालतर्फका नाका खोल्नेबारे राष्ट्रपतिलाई जानकारी गराए लगत्तै रसुवागडी नाका सञ्चालनमा आउने भएको हो ।

National Life

‘आज बिहीबारदेखि दैनिक १४ कन्टेनर नेपाल प्रवेश गर्न दिने भएको छ । दशैं अघि रोकिएका माल वस्तु अब नेपाल भित्रिने रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसीले बताए । चीनको तिब्बततर्फ कोरोना संक्रमण बढेको भन्दै २५ साउनदेखि चिनियाँपक्षले रसुवागढी नाका बन्द गरेको थियो ।

प्रतिकृया