• ६ असोज २०८३, मंगलबार
  • १०ः१९ बिहान

प्रभु बैंक र सिटी जिमबीच आकर्षक छुट गर्ने सम्झौता

प्रकाशित मिति

२०७९ भाद्र १७ गते, शुक्रबार ०४:१८

१७ भाद्र २०७९, काठमाडौं: प्रभु बैंक लिमिटेड र पोखरास्थित सिटी जिम हेल्थ एण्ड फिटनेस सेन्टरबीच भदौ १५ गतेका दिन विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ। बैंकका तर्फबाट पोखरा शाखा कार्यालय प्रमुख पुष्कर शेरचन र सिटी जिम हेल्थ एण्ड फिटनेस सेन्टरका तर्फबाट अध्यक्ष गोकर्ण कार्कीद्वारा उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

National Life

प्रभु बैंक र उक्त जिम सेन्टर बिच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका सम्पूर्ण ग्राहकहरुले सिटी जिम हेल्थ एण्ड फिटनेस सेन्टर प्रा. लि.द्धारा सञ्चालित सेवाहरुमा तल उल्लेखित छुट प्राप्त हुने भएको छ।(सदस्यता शुल्क फेरबदल हुनसक्ने सम्भावना जानकारी गराउँदछौ)


उक्त सम्झौता अन्तर्गत सिटी जिम हेल्थ एण्ड फिटनेस सेन्टरमा सुविधा लिन चाहाने प्रभु बैंकका ग्राहकहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, सिटी जिम हेल्थ एण्ड फिटनेस सेन्टरका उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको छ। यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहकहरु लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया