• २० भदौ २०८३, शनिबार
  • १ः५८ दिउँसो

आजदेखि मतदाता नामावली अध्यावधिक गर्दै निर्वाचन आयोग

प्रकाशित मिति

२०७९ भाद्र १२ गते, आईतवार ०६:२१

१२ भाद्र २०७९, काठमाडौं : निर्वाचन आयोगले आइतबार (आज) देखि एक सातासम्म मतदाता नामावली अद्यावधिक तथा दाबी विरोधको प्रक्रिया सुरु गर्ने भएको छ। मतदाता नामावली ऐन, २०७३ बमोजिम निर्वाचनको मिति घोषणा भएको दिन २०७९ साउन १९ गतेसम्म सङ्कलन भएको र मतदान हुने मिति भन्दा अघिल्लो दिन २०७९ मंसिर ३ गतेसम्म १८ वर्ष उमेर पुग्ने व्यक्तिको मतदाता नामावली अद्यावधिक तथा दाबी विरोधको प्रक्रिया सुरु गरिने आयोगले जनाएको छ।

National Life

अद्यावधिक कार्यक्रम अनुसार मिति २०७९ भदौ १२ गते अर्थात् आइतबारदेखि १९ गतेसम्म मतदाता नामावली अद्यावधिक ९दाबी विरोधसमेत०को कार्यक्रम निर्वाचन कार्यालयमा सञ्चालन हुने आयोगले जनाएको छ। उक्त अवधिमा नामावलीमा भएको त्रुटि सच्याउने, कसैले झुट्टा विवरण दिई नामावलीमा नाम समावेश गरेको भए त्यसको विरोधमा उजुरी दिने, दोहोरो नामावली भएको भए हटाउन निवेदन दिने, एकाघर परिवारका सदस्यको मृत्यु भएको भए हटाउन निवेदन दिने, एकै वडाका दुई वा दुई भन्दा बढी मतदानस्थल भएकोमा पायक पर्ने मतदान स्थलमा नाम सार्न निवेदन दिने लगायतका विषयमा काम हुने बताइएको छ।


नामावली अद्यावधिक कार्यका लागि इमेल, फ्याक्स तथा अनलाइनसमेतबाट निवेदन दिने व्यवस्था गरिएको आयोगले जनाएको छ। मतदाता नामावली अद्यावधिक कार्यक्रम सम्पन्न भएपछि प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनको लागि मिति २०७९ भदौ ३१ गते अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ।

Classic Tech Desktop

प्रतिकृया