• १८ असोज २०८३, आइतबार
  • ४ः०५ बिहान

रुसी मिसाइल हमलामा ब्राजिलकी मोडलको मृत्यु

प्रकाशित मिति

२०७९ असार २२ गते, बुधबार १२:४७

२२ असार २०७९, काठमाडौंः एक ब्राजिलियन मोडल तथा स्नाइपर रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको सेनाविरुद्धको लडाईमा सहभागी भएको तीन हप्तापछि युक्रेनमा रुसी मिसाइल आक्रमणमा मारिएकी छिन्। ३९ वर्षीय थालितो डो. भालेले विश्वभर मानवीय अभियानमा भाग लिइन्। यसअघि इराकमा आइएसआईएस विरुद्ध लडेकी थिइन्

National Life

गत साता उत्तरपूर्वी सहर खार्किभमा रुसी मिसाइलले बंकरमा प्रहार गरेपछि उनको मृत्यु भएको थियो। खार्किभमा रुसले तीब्र मिसाइल प्रहार गरेको थियो। आक्रमणमा ब्राजिलका पूर्वसेनाको डगलस बुरिगोको पनि मृत्यु भएको छ। ४० वर्षीय बुरिगो थालितालाई खोज्न बंकरमा जाने क्रममा मिसाइल हमलामा परेका थिए।


अन्य लडाकुहरूका अनुसार मिसाइल प्रहार हुँदा उनी मात्रै बंकरमा छुटेकी थिइन्। आइएसआईएससँग लडेको युद्धको अनुभूवसहितको एउटा भिडियो उनले युट्युब राखेकी थिइन्।उक्त भिडियोलाई हजारौँले हेरेका थिए। युवावस्थामा मोडेल र अभिनेत्रीको रूपमा काम गरेपछि उनले कानूनको अध्ययन गरेकी थिइन्। उनी एनजीओहरूसँग पशु उद्धारमा पनि भाग लिएकी थिइन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया