• १८ असोज २०८३, आइतबार
  • ३ः२२ राती

अर्थमन्त्री शर्मामाथि छानबिन गर्न संसदीय समिति बन्ने

प्रकाशित मिति

२०७९ असार २२ गते, बुधबार १२:२४

२२ असार २०७९, काठमाडाैंः विवादमा परेका अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न संसदीय समिति बन्ने भएको छ।प्रधानमन्त्री निवास बालुवाटार स्रोतका अनुसार आजै संसदीय समिति बनाउने तयारी छ। २०७९/०८० को बजेट निर्माण गर्दा अनधिकृत व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराएर करका दर तलमाथि गरेको शर्मामाथि आरोप छ।

National Life

ती आरोपबारे छानबिन गर्न समिति बन्न लागेको हो।यसैबीच अर्थमन्त्री शर्माले आफूमाथि लागेका आरोपबारे बुधबारको संसद बैठकमा बोल्ने भएका छन्। बुधबार बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवासमा भएको माओवादी केन्द्रीय कार्यालयको विस्तारित बैठकमा शर्माले संसदमा आफ्ना कुरा राख्ने बताएका थिए।प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले भने अर्थमन्त्री शर्मालाई आज संसदमा बोल्न नदिने बताएको छ। अर्थमन्त्रीले संसदमा बोल्ने नैतिक आधार गुमाएको भन्दै बोल्न नदिने एमालेले निर्णय गरेको हो।


अर्थमन्त्रीलाई संसदमा आज कुनै हालतमा बोल्न नदिने एमालेका प्रमुख सचेतक विशाल भट्टराईले बताए। ‘हामी अर्थमन्त्रीलाई बोल्न दिँदैनौं। संसदमा नाराबाजी हुन्छ। उहाँले बोल्ने आधार गुमाइसक्नु भएको छ,’ उनले भने,’माओवादीले वार्ता गर्ने हो भने उच्च तहमा गर्ने होला। हामी अर्थमन्त्रीसँग भने वार्ता गर्दैनौं।’

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया