• २३ भदौ २०८३, मंगलबार
  • १०ः५७ बिहान

मन्त्री पद गुमेका आले, झाँक्री र श्रेष्ठ समाजवादीको बैठकमा गएनन्

प्रकाशित मिति

२०७९ असार १४ गते, मंगलवार ०३:२३

१४ असार २०७९ काठमाडौंः नेकपा एकीकृत समाजवादीको पहिलो केन्द्रीय परिषद् बैठकमा मन्त्री पद गुमेका नेताहरु मंगलबार पनि उपस्थित भएका छैनन्। नेताहरु प्रेम आले, रामकुमारी झाँक्री र कृष्णकुमार श्रेष्ठ(किसान) बैठकमा उपस्थित नभएका हुन्। बैठकमा विरोध खतिवडा भने उपस्थित छन्।

National Life

खतिवडा सोमबारको बैठकमा पनि साँझ एकैछिन गएका थिए। सोमबारको बैठकमा पुगेकी झाँक्री भने मंगलबार गएकी छैनन्।आलेको मोवाइलमा सम्पर्क हुन सकेन भने श्रेष्ठ पारिवारिक काममा व्यस्त भएको भन्दै बैठकमा नगएको बुझिएको छ।नवनियुक्त मन्त्रीमध्ये स्वास्थमन्त्री भवानी खापुङ मात्र बैठकमा उपस्थित छन्।अध्यक्ष माधवकुमार नेपालले पेश गरेको सांगठनिक र राजनीतिक प्रतिवेदनमा ११ ओटा समूहले सुझाव पेश गर्दैछन्।

प्रतिकृया