• १७ असोज २०८३, शनिबार
  • ८ः५३ राती

तत्कालका लागि मन्त्रिपरिषद् हेरफेर रोकियो

प्रकाशित मिति

२०७९ जेष्ठ २३ गते, सोमबार ०२:४८

२३ जेठ २०७९, काठमाडौंः नेकपा (एकीकृत समाजवादी)ले आइतबार आफ्ना मन्त्री हेरफेरका लागि प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष अनुरोध गरेपनि तत्कालका लागि मन्त्रिपरिषद् हेरफेर रोकिएको छ। सरकारमा रहेका एकीकृत समाजवादीका मन्त्रीहरुको तीव्र असन्तुष्टि र सत्तारुढ नेपाली कांग्र‍ेस र नेकपा (माओवादी केन्द्र)ले समेत मन्त्रिपरिषद् हेरफेरमा अनिच्छा देखाएपछि तत्कालका लागि मन्त्रिपरिषद् हेरफेर नहुने भएको हो।

National Life

एकीकृत समाजवादीले स्वास्थ्य मन्त्री विरोध खतिवडा, पर्यटन मन्त्री प्रेमबहादुर आले, सहरी विकास मन्त्री रामकुमारी झाँक्री र श्रममन्त्री कृष्णकुमार श्रेष्ठ (किसान)लाई फिर्ता बोलाउने निर्णय गरेको थियो।


समाजवादीका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष भवानी खापुङलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री, जीवनराम श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरीलाई सहरी विकास, शेरबहादुर कुँवरलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बनाउन सिफारिस गरेका थिए।

Classic Tech Mobile
Classic Tech Desktop

अध्यक्ष नेपालले मन्त्री हेरफेरका आकस्मिक रुपमा नाम बुझाएपछि सरकारबाट बाहिरिन लागेका मन्त्रीहरुले प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतका शक्तिकेन्द्र पुगेर मन्त्रिपरिषद् हेरफेर नगर्न माहोल सिर्जना गरेको बुझिएको छ। यसमा पनि विशेषगरी श्रममन्त्री किसान श्रेष्ठले भूमिका खेलेको स्रोतले जानकारी दियो। एकीकृत समाजवादीले सहरी विकास मन्त्रीमा सिफारिस गरेका नेता मेटमणि चौधरीले पार्टीले मन्त्री फेर्ने निर्णय गरिसकेको हुँदा अब कार्यान्वयन हुनुपर्ने बताए। उनले भने,’मन्त्रिपरिषद हेरफेर अनिश्चित भयो भन्ने मैले पनि सुनेँ। अध्यक्षसँग कुरा भएको छैन। पार्टीले निर्णय गरिसकेपछि अब कार्यान्वयन हुनुपर्छ। रोक्ने भन्ने कुरो हुँदैन।’


मन्त्रिपरिषद् हेरफेरका विषयमा सोमबार बिहान बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले तत्काल मन्त्रिपरिषद् हेरफेर नगर्ने निर्णय गरेको थियो। बैठकमा प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादव सहभागी थिए। एकीकृत समाजवादीले मन्त्री फेर्ने निर्णय गरेपछि कांग्रेस, माओवादी र जसपामा पनि मन्त्रिपरिषद् हेरफेरका लागि दबाब बढिरहेका बेला उनीहरुले अध्यक्ष नेपाललाई तत्काल सरकारमा मन्त्री नफेर्न कन्भिन्स गराएका हुन्।

प्रतिकृया