• १९ असोज २०८३, सोमबार
  • ५ः१३ बेलुका

जयनगरबाट जनकपुर आउँदै गरेको नेपाली रेलमा आगलागी

प्रकाशित मिति

२०७९ जेष्ठ २० गते, शुक्रबार ०५:४७

२० जेठ २०७९, काठमाडौँ : जयनगरबाट जनकपुर आउँदै गरेको नेपाली रेलमा आगलागी भएको छ। बिहीबार दिउँसो साढे तीन बजे जयनगर स्टेसनबाट रेल छुट्ने बेला १ नम्बर गेटको जनरल बोगीमा सामान्य आगलागी भएको हो। सामान राख्ने र्‍याकमा अनजान व्यक्तिले राखेको तेजाब पोखिएर रेलमा धुँवा फैलिएको नेपाल रेलवे कम्पनीका महाप्रबन्धक निरन्जन झाले सेतोपाटीलाई जानकारी दिए।

National Life

‘सिटमा एक जना महिलाको जिउमा एसिडजस्तो त्यो पदार्थ परेपछि पोल्यो। उनी चिच्याउन थालिन्, सबै यात्रु हल्ला गर्न थाले। महिला हटेपछि दुई थोपा तेजाब तल पोखिएपछि धुँवा फैलियो। रेलमा खासै क्षति त भएको छैन। दुई इन्चजति डढेको देखिन्छ,’ झाले भने। ती महिला छोरीसँगै जयनगरबाट पाँच लिटरको सिलिन्डरमा ग्यास भरेर जनकपुरतर्फ आउँदै थिइन्। आमाछोरी दुवैको भूमिका शंकास्पद देखिएको भन्दै भारतीय रेलवे पुलिस फोर्सले उनीहरूलाई नियन्त्रणमा लिएको छ।


दुवै जनालाई जयनगरबाट जनकपुर ल्याउन सशस्त्र प्रहरीको टोली गएका छन्। सशस्त्रका प्रहरी निरीक्षक शम्भु कटुवालको टोली दुवै जनालाई लिएर जनकपुर फर्किन लागेको महाप्रबन्धक झाले बताए। रेलवेलाई अनुसन्धान गर्ने संयन्त्र नभएकाले घटनाबारे अनुसन्धानका लागि पक्राउ परेका दुवै जनालाई नेपाल प्रहरीको जिम्मा लगाइने झाले जनाए। ती महिलाको छेउमै बसेका अरू दुई जना शंकास्पद पुरुष भने घटनालगत्तै फरार भएका छन्। उनीहरूको समेत खोजीकार्य भइरहेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया