• १८ असोज २०८३, आइतबार
  • १ः१३ दिउँसो

‘माग्ने बुढा’को कमेडी शो ‘कमेडी हब’ सुरु

प्रकाशित मिति

२०७९ जेष्ठ १९ गते, बिहीबार ०७:५५

१९ जेठ २०७९, काठमाडौँ : हास्य कलाकार केदार प्रसाद घिमिरे ‘माग्ने बुढा’ ले दर्शकका लागि नयाँ कमेडी टेलिभिजन शो ल्याएका छन् । ‘कमेडी हब’ नामक उक्त शोको बुधबार (हिजो) बाट प्रसारण सुरु भएको छ । शोका निर्देशन घिमिरेले नै हुन् ।

National Life

अघिल्लो साताबाट प्रसारण हुने भनिएको शो प्राविधिक कारणले सरेर यो बुधबारबाट प्रसारणमा आएको हो । एपिवान टेलिभिजनबाट प्रसारण भएको शोको शुभारम्भ केही अगाडि एक कार्यक्रमकाबीच वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले गरेका थिए ।


कमेडी च्याम्पियन हिमेश पन्त, माग्ने बुढा, राजा राजेन्द्र पोखरेल, सुबोध गौतम, राजेन्द्र नेपाली लट्टे, जानुका पौडेल प्याकुली, दिलीप तामाङ हुरहुर, खड्गबहादुर पुन खबपु, प्रभात लामा, संगम राई लब्ली, नारिया गिरी, राधिका कँडेल, बेदना राई मैना, सीता न्यौपाने, अनिल राई आम्बो, दीपेन्द्र प्रसाईं, कल्पना खतिवडा र दीपेश घिमिरे लगायत कलाकारको प्रस्तुति रहनेछ ।

Classic Tech Mobile
Classic Tech Desktop

मिडिया हब निर्माता रहेको शो उत्पादनमा केदारलाई कलाकार राजा राजेन्द्रको सहकार्य गरेका छन् । जनकदीप पराजुलीको प्रविधि निर्देशन, सागर प्रधानको छायांकन र फूर्वा शेर्पाको शृङ्खला निर्देशन रहने शोमा नाटक, प्रहसन, स्ट्याण्डअप कमेडी, प्यारोडी, हास्यकविताका लगायत विधा अटाएका छन् ।

Comedy Hub | Episode 1 | Nepali Comedy Show | Kedar Ghimire, Raja Rajendra, Himesh | Media Hub – YouTube

प्रतिकृया