अमेरिका: ओकलोहामको अस्पतालमा गोलीबारी, चारको मृत्यु
प्रकाशित मिति
२०७९ जेष्ठ १९ गते, बिहीबार १०:३५
१९ जेठ २०७९, काठमाडौंः अमेरिकाको ओक्लाहोमाको एक मेडिकल भवनमा राइफल र ह्यान्डगन लिएका एक व्यक्तिले गोली चलाउँदा चार जनाको मृत्यु भएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार आक्रमणकारीको पनि आफैले चलाएको गोली लागेर मृत्यु भएको छ । उनको उमेर ३५ देखि ४० वर्षको बीचमा रहेको अनुमान गरिएको छ ।
डाक्टरहरूको कार्यालय र अर्थोपेडिक सेन्टर रहेको अस्पतालको दोस्रो तल्लामा आक्रमण भएको थियो।
ओकलाहोमाका प्रहरी अधिकारी जोनाथन ब्रुक्सले। आक्रमणकारीको पहिचान गर्ने प्रयास भइरहेको बताए । अर्का प्रहरी अधिकारी एरिक डल्ग्लासले पीडितहरू कर्मचारी र बिरामी दुवै रहेको बताए।
ह्वाइट हाउसले राष्ट्रपति जो बाइडेनलाई आक्रमणबारे जानकारी गराइएको जनाएको छ ।
गत हप्ता टेक्सासको एक विद्यालयमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा १९ बालबालिका र दुई शिक्षकको मृत्यु भएको थियो । मे महिनामा एक बन्दुकधारीले बफेलो सुपरमार्केटमा गोली चलाउँदा १० जनाको ज्यान गएको थियो ।








प्रतिकृया