• १८ असोज २०८३, आइतबार
  • ५ः५८ बेलुका

कुमारी बैंकको “केविएल डिवेन्चर २०८९” डिवेन्चर सम्बन्धी सम्झौता

प्रकाशित मिति

२०७९ जेष्ठ १८ गते, बुधबार ०६:२७

१८ जेठ २०७९, काठमाडौँ : कुमारी बैंक लिमिटेडले १० वर्षे अवधि तथा वार्षिक ११ प्रतिशत ब्याजदर भएको “केविएल डिवेन्चर २०८९”ऋणपत्र बिक्रीका लागी सिद्धार्थ क्यापिटल लिमिटेडसँग सम्झौता गरेको छ । बिक्री प्रबन्धक मा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको उक्त डिबेन्चर प्रतिकित्ता अंकित मूल्य रु १००० को दरले तीस लाख कित्ता गरी तीन अर्ब बराबरको ऋणपत्र बैंकले निष्कासन गर्ने सम्बन्धमा सम्झौता भएको हो ।

National Life

सो सम्झौतापत्रमा कुमारी बैंकका प्रमुख बजार व्यवस्थापक नवीनमुनि बज्राचार्य र सिद्धार्थ क्यापिटलका तर्फबाट प्रमुख सञ्चालन अधिकृत सन्दिप कार्कीले हस्ताक्षर गरेका छन् । नेपाली वित्तिय क्षेत्रमा हाल सम्मकै उच्चतम् ब्याजदर दिने मध्येमा सो ऋणपत्र पर्दछ । वर्तमान वित्तिय बजारमा उच्चतम् प्रतिफल सहितको यस ऋणपत्र बाट खरिदकर्ताहरूले आगामी दशककै राम्रो प्रतिफल प्राप्त गर्न सकिनेमा बैंक विश्वस्त रहेको छ ।


आफ्ना देशव्यापी १९७ शाखा सञ्जाल, १८१ एटिएम, ४२ शाखारहित बैङ्किङ इकाई तथा १६ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक सेवासुविधाहरु प्रदान गर्दै आएको कुमारी बैंकले आगामी दिनहरूमा अझ सुरक्षित, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लग्ने प्रतिबद्धता जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया