नागरिकता विधेयक यसै अधिवेशनबाट पारित हुन्छ: मन्त्री शर्मा
प्रकाशित मिति
२०७९ जेष्ठ १८ गते, बुधबार ०५:३०
१८ जेठ २०७९, काठमाडौं : कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्मा कोइरालाले यसै संसद्को अधिवेशनबाट नागरिकता विधेयक पारित हुने बताएका छन् । बुधबार जनकपुरधाममा एक कार्यक्रममा बोल्दै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शर्माले नेपाली बुवा आमाबाट जन्मेका र अङ्गीकृत नागरिकहरूका सन्तानलाई नागरिकता मिल्ने बताएका हुन् ।
उनले नागरिकता विधेयक परम्परादेखि नागरिकता प्राप्त गर्दै आएका देखि नै कुनै पनि किसिमको कटौती नहुने गरी नागरिकता वितरण गरिने बताए । ‘नागरिकताको हक नागरिकको अधिकार रहेको र यो कसैको निगाहको कुरा होइन ।’
उनले अघि थप्दै भने, ‘संसद्मा विधेयक गइसकेको छ, सो विधेयकमा केही कुरामा सहमति बनाउनुपर्ने हुन्छ, यसका लागि हामी तत्कालै सहमति गरेर यसै अधिवेशनको सत्रबाट नागरिकता विधेयक पारित गर्छौ ।’ उनले यसै संसद् अधिवेशनबाट सर्वसम्मतरुपमै नागरिकता विधेयक पारित गरिने बताउँदै उनले यसमा कुनै पनि किसिमको शङ्का नगर्न आग्रह समेत गरे ।
उनले जनकपुरधाममा आएपछि नागरिकताको इस्यू उठ्ने गरेको र यो इस्यू नै यहाँको लागि हट इस्यू रहेको समेत टिप्पणी गरे ।








प्रतिकृया