उच्च ब्याजदर सहित बैंक अफ काठमाण्डूको प्रिमियम प्लस बचत खाता सार्वजनिक
प्रकाशित मिति
२०७९ जेष्ठ १८ गते, बुधबार ०६:४८
१८ जेठ २०७९, काठमाडौँ : ग्राहकहरुलाई उच्चतम् ब्याजदरबाट लाभाम्वित बनाउने उद्देश्यले बैंक अफ काठमाण्डू लिमिटेडले प्रिमियम प्लस बचत खाता सार्वजानिक गरेको छ । हाल बैंकिङ्ग क्षेत्रहरुमा साधारणतया बैंकहरुले बचत खातामा ग्राहकहरुलाई प्रदान गर्ने ब्याजदर भन्दा बढि ब्याजदरको ब्यवस्था सहित अन्य धैरे निशूल्क सुबिधाहरु रहेको यस बचत खाता खोली ग्राहकहरुले उच्चतम् लाभ लिन सकिनेछ ।
“अब बचत गर्ने अझ बढ्नेछ रहर, जब पाइन्छ अन्य खाताहरु भन्दा अधिक ब्याजदर” भन्ने मुलनाराका साथ सार्वजनिक गरीएको यस बचत खातामा ग्राहकहरुले ८.०३% को उच्चतम ब्याजदर पाउनेछ । साथै, रु. १० हजारको न्यूनतम मौज्दात राखी खाता खोल्न सकिने यस बचत खातामा ग्राहकहरुलाई थुप्रै निःशुल्क बैंकिङ्ग सेवाहरुको ब्यवस्था रहेको छ । ग्राहकहरुले सामान्यतया शुल्क तिर्नुपर्ने बैंकिङ्ग सेवाहरु जस्तै चेक बुक, Balance Certificate, Demat Account, E-commerce Activation, ABBS,, खाताको विवरण, मेरो सेयर Connect IPS, डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोेबाईल बैैंकिङ्ग यस बचत खातामा निशुल्क उपलब्ध हुनेछ ।
यस बचत खाताका विशेषताहरु निम्न बमोजिम रहेका छन ।
– वार्षिक ८.०३% ब्याजदरको ब्यवस्था ।
– न्यूनतम् मौज्दात रु १०,०००।
– त्रैमासिक रुपमा ब्याज आम्दानी हुने ।
– निशुल्क चेक बुकको ब्यवस्था ।
– Balance Certificate को लागि कुनै शुल्क नलाग्ने ।
– सेयर कारोबारको लागि आवश्यक डिम्याट खाता निशुल्क खोल्ने ब्यवस्था ।
– विभिन्न अनलाईन सेवा प्रदायक संस्थाहरुबाट वस्तु तथा सेवा खरिद गरि बैंकको कार्डबाट भुक्तानी गर्नलाई आवश्यक E-Commerce Activation सेवा निशुल्क प्रदान गरिने ।
– ग्राहकहरुले यस बैंकको कुनै शाखा कार्यालयबाट अर्को शाखा कार्यालयमा जतिसुकै रकम पठाउदा शुल्क नलाग्ने ।
– पहिलो वर्ष निशुल्क मेरो शेयर सुबिधा ।
– निशुल्क खाताको विवरण उपलब्ध गरिने ।
– पहिलो वर्ष निःशुल्क डेबिट कार्डको सुबिधा ।
– पहिलो वर्ष निःशुल्क मोबाइल बैंकिङ्गको सुबिधा ।
– पहिलो वर्ष निःशुल्क Connect IPS सुबिधा ।
साथै, बैंकको ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गरि संचालनमा ल्याइएको यस बचत खातामावालाहरुले आफ्नो बचत रकममा उच्चतम्प्र तिफलको लाभ पाउनुहुने विश्वाश बैंकले लिएको छ । हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ९८ शाखा कार्यालयहरु, ९३ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।








प्रतिकृया