• ५ असोज २०८३, सोमबार
  • ३ः१६ दिउँसो

तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा भेटियो

प्रकाशित मिति

२०७९ जेष्ठ १६ गते, सोमबार ०७:२०

१६ जेठ २०७९, काठमाडौँ :आइतबार सम्पर्कविहीन भएको तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । नेपाली सेनाका प्रवक्ता नारायणप्रसाद सिलवालले मुस्ताङको थासाङ २ मा विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको जानकारी दिएका हुन् ।

National Life

पोखरादेखि जोमसोमका लागि उक्त विमान उडेको थियो । स्थलमार्गबाट गएको टोलीले जहाज दूर्घटनाग्रस्त अवस्थामा भेटेको हो । मुस्ताङ सदरमुकाम जोमसोमका लागि आइतबार पोखराबाट उडेको कल साइन ‘९ एन–एइटी’ विमान १२ मिनेटमै सम्पर्कविहीन भएको थियो ।


आइतबार नेपाली सेना र प्रहरीसहितको उद्धार टोलीले सम्भावित केही क्षेत्रमा खोजी गरेपनि भेट्टाउन सकेको थिएन । जहाजमा चालक दलका तीन सहित र १९ यात्रु रहेका तारा एयरले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया