• ३ असोज २०८३, शनिबार
  • ११ः०९ राती

शिक्षामन्त्री पौडेलद्धारा जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको आकस्मिक अनुगमन

प्रकाशित मिति

२०७९ जेष्ठ १५ गते, आईतवार ०४:२९

१५ जेठ २०७९, काठमाडौंः  शिक्षामन्त्री देबेन्द्र पौडेलले आज विद्यालय तहको पाठ्यपुस्तक छपाइको जिम्मेवारी पाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीको आकस्मिक अनुगमन गर्नुभएको छ । देशभर बिद्यालय तहको पाठ्यपुस्तकको अभाव भइरहेका बेला मन्त्री पौडेलले केन्द्रको आकस्मिक अनुगमन गर्नुभएको हो ।

National Life

सो क्रममा मन्त्री पौडेलले केन्द्रका कर्मचारीलाई अपवाद बाहेक एक हप्ताभित्र देशभरका सरकारी बिद्यालयका बिद्यार्थीको हातहातमा किताब पुग्नेगरी काम गर्न निर्देशन दिनुभएको छ ।


मन्त्री भएदेखि नै आफूले नयाँ शैक्षिक सत्र सुरु हुने बित्तीकै छिटो भन्दा छिटो पाठ्यपुस्तक बिद्यार्थीलाई उपलब्ध गराउन जोड दिंदै आएको भए पनि पाठ्यपुस्तक अभावका कारण केन्द्रलाई संसदीय समितिले बोलाउने अबस्था आउनु दुखद भएको उहाँको भनाई थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

मन्त्री पौडेलले स्थानीय तह निर्वाचन र रूस–युक्रेन युद्धका कारण काम गर्न ढिलाई भएको केन्द्रका पदाधिकारीको भनाई उचित र पर्याप्त नभएको बताउनुभयो । अनुगमनका क्रममा मन्त्री पौडेलले पाठ्यपुस्तक छपाई दुई हप्ता ढिलो भएको भन्दै सबै विद्यार्थीको हातहातमा पुस्तक नपुगेसम्म निरन्तर अनुगमन गर्ने बताउनुभयो ।


मन्त्री पौडेलले केन्द्रमा भैरहेको पुस्तक छपाईको अबस्था र तीन वटा पुस्तक भण्डार कक्षको सुक्ष्म रुपमा अवलोकन गर्नुभएको थियो । मन्त्री पौडेल समक्ष केन्द्रका पाठ्यपुस्तक खरिद शाखा प्रमुख रामबहादुर कुवँरले छपाइ र ढुवानीका काम तीब्र गतिमा भैरहेको बताउँदै छिटै बिद्यार्थीको हातहातमा किताब पुग्नेगरी काम गर्ने प्रबिद्धता ब्यक्त गर्नुभयो ।


उहाँले पुस्तक छपाईका लागि कागजको अभाव हुन नदिन र ढुवानीको सहज ब्यबस्थाका लागि मन्त्री पौडेल समक्ष सहयोग र समन्वय गरिदिन आग्रह गर्नुभयो ।

प्रतिकृया