• १७ असोज २०८३, शनिबार
  • २ः१८ दिउँसो

वीरगञ्ज महानगरपालिकाको मेयरमा जसपाका सिंह निर्वाचित

प्रकाशित मिति

२०७९ जेष्ठ १० गते, मंगलवार १०:२८

१० जेठ २०७९, काठमाण्डौं : वीरगञ्ज महानगरको प्रमुख र उपप्रमुख पदमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । प्रमुख पदमा जनता समाजवादी पार्टी (जसपा)का राजेशमान सिंह ४६ हजार २१५ मतप्राप्त गरी विजयी बनेका हुन् । उनका निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार बिजयकुमार सरावगीले २३ हजार ६७१ मत प्राप्त गरेका हुन् ।

National Life

वीरगञ्जका निवर्तमान नगरप्रमुख सरावगीलाई २२ हजार ५४४ मतान्तरले पराजित गर्दै सिंह मधेश प्रदेशको एकमात्र महानगरपालिकाको प्रमुखमा निर्वाचित भएका हुन्।


यस्तै, उपप्रमुख पदमा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेस इम्तियाज आलम कूल २५ हजार १५८ मतसहित विजयी भए भने उनका निकटतम् प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का पुरुषोत्तमलाल झाले छ हजार ७१९ मत पाए । निर्वाचन कार्यालयले मतपरिणामको आधिकारिक घोषणा गर्न भने बाँकी नै छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया