• १७ असोज २०८३, शनिबार
  • १ः३९ दिउँसो

काठमाडौं महानगरपालिका : बालेन ५० हजार मत नजिक, सिर्जना १९ हजार मतले पछाडि

प्रकाशित मिति

२०७९ जेष्ठ १० गते, मंगलवार १०:३५

१० जेठ २०७९, काठमाण्डौं : काठमाडौं महानगरपालिकामा मेयर पदमा स्वतन्त्र उम्मेदवारका बालेन्द्र शाहले अग्रतालाई निरन्तरता दिइरहेका छन्। पछिल्लो मत परिणामअनुसार शाहले ४९ हजार ३५८ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी सिर्जना सिंहले ३० हजार ६९ मत प्राप्त गरेकी छिन्। पहिलो स्थानमा रहेका बालेन भन्दा दोस्रो स्थानमा रहेकी कांग्रेसकी सिर्जना १९ हजार २८९ मतले पछाडि छन् ।

National Life

यस्तै, नेकपा (एमाले)का केशव स्थापितले भने २९ हजार २८४ मत ल्याएका छन्। स्वतन्त्र सुमन सायमीले आठ हजार ५३३ मत ल्याएका छन्। काठमाडौंको एक लाख ४५ हजार ३६२ मत गणना भइसकेको छ।


त्यस्तै, उपमेयरतर्फ नेकपा (एमाले) की उम्मेदवार सुनिता डंगोलले पनि आफ्नो अग्रतालाई कायमै राखेकी छिन्। पछिल्लो मत परिणामअनुसार उनले ४४ हजार ७०५ मत प्राप्त गरेकी छिन्।

Classic Tech Mobile
Classic Tech Desktop

त्यस्तै, उपमेयर पद तर्फ नै नेकपा (एकीकृत समाजवादी)का रामेश्वर श्रेष्ठले १५ हजार २८२ मत प्राप्त गरेका छन्। त्यस्तै उपमेयर पदमा नै तेस्रो स्थानमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाकी उम्मेद्वार विनिता मगैयाले ७०२३ मत प्राप्त गरेकी छिन्।

प्रतिकृया