• २० असोज २०८३, मंगलबार
  • ४ः०२ बिहान

काठमाडौं महानगरपालिका : बालेनको फराकिलो अग्रता कायमै, सिंहले पारिन् स्थापितलाई ९३८ मतले पछाडि

प्रकाशित मिति

२०७९ जेष्ठ ९ गते, सोमबार ०३:५६

९ जेठ २०७९, काठमाण्डौं : काठमाण्डौं महानगरपालिकामा स्वतन्त्र मेयर उम्मेदवार बालेन शाहको फराकिलो अग्रता कायमै रहेको छ । हालसम्म बालेनले ४६४७६ मत प्राप्त गरेका छन् भने उनको प्रतिस्पर्धामा रहेकी कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले २७७९९ मत ल्याएकी छन्। त्यसैगरी तेस्रो स्थानमा रहेका एमालेका उम्मेदवार केशव स्थापितले २६८६१ मत ल्याएका छन्।

National Life

अहिलेसम्म १३५६९३ मत गनिएकोमा स्वतन्त्र मेयर उम्मेदवार बालेन शाहले ४६४७६ मत ल्याएर आफ्नो अग्रता कायम गरेका हुन् । अहिले वडा ९, १०, १३, १४, १५, २०, २१, २२, २६ मा मत गणना जारी छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया