• १९ असोज २०८३, सोमबार
  • ९ः०७ राती

विवाहको तीन दिनअघि सिराहामा बाबु–छोराको हत्या

प्रकाशित मिति

२०७९ जेष्ठ ८ गते, आईतवार ०३:०७

८ जेठ २०७९, काठमाण्डौं : सिराहामा बाबु छोराको हत्या भएको छ। अर्नमा गाउँपालिका वडा नम्बर १ महनौरस्थित घरमा आइतबार बिहान करिब ३ बजे बाबु–छोराको हत्या भएको हो। उनीहरूको शव घरभित्रै फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकीले जानकारी दिए।

National Life

घरमा ६० वर्षीय चन्देश्वर पाल र उनका २० वर्षीय छोरा सन्तकुमारको हत्या भएको उनले बताए। प्रहरी नायब उपरीक्षक बुढाथोकीका अनुसार सन्तकुमारको जेठ ११ गते विवाह हुन लागेको थियो। तर उनको विवाह हुन नपाउँदै हत्या गरिएको अवस्थामा शव फेला परेको हो।


प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको छ। तालिमप्राप्त कुकुर सहितको टोली घटनास्थलमा पुगेको जनाइएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया