• २० असोज २०८३, मंगलबार
  • ६ः१९ बिहान

महोत्तरीको भँगाहको मेयरमा लोसपा र उपमेयरमा कांग्रेसको जित

प्रकाशित मिति

२०७९ जेष्ठ ८ गते, आईतवार ११:५२

८ जेठ २०७९, काठमाण्डौं : भँगाहा नगरपालिका, महोत्तरीको प्रमुखमा लोसपा र उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । प्रमुख पदमा लोसपाका सञ्जीव कुमार साह ५ हजार ६१७ मतसहित विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका विजय मण्डलले ५ हजार ३५४ मत पाए ।

National Life

यसैगरी, उपप्रमुखमा नेपाली कांग्रेसकी शान्ति कुमारी सिंह विजयी भइन् । उनले ५ हजार ७७५ मत पाउँदा लोसपाकी गंगाकुमारी सिंह दनुवारले ५ हजार ३५५ मत पाइन् ।

प्रतिकृया