• १४ असोज २०८३, बुधबार
  • १०ः४४ राती

वडाध्यक्षमा भतिजले हराए गठबन्धनबाट चुनाव लडेका काकालाई

प्रकाशित मिति

२०७९ जेष्ठ ७ गते, शनिबार १०:१५

७ जेठ २०७९, काठमाडौँ : दाङको तुलसीपुरको एउटा वडाध्यक्षमा भतिजले आफ्नै काकालाई हराएर विजयउत्सव मनाएका छन्। तुलसीपुर उपमहानगरपालिका वडा नं। ३ मा नेकपा एमालेका उम्मेदवार वीरबहादुर बिकले आफ्नो काका नेकपा एकीकृत समाजवादीका मंगल नेपालीलाई वडाध्यक्षमा हराएका हुन्।

National Life

बिकको यो दोस्रो कार्यकाल हो। एमालेले सुरूमा उम्मेदवारी टुंगो लगाइसकेको थियो । पछि गठबन्धनले पनि नेपालीलाई उम्मेदवार बनाएपछि काका भतिजा आमने(सामने भएका हुन्। ‘एमालेले पहिलै मलाई उम्मेदवार बनाइसकेको थियो,’ बिकले सेतोपाटीसँग भने, ‘पछि गठबन्धनबाट काका उम्मेदवार बनेपछि काका-भतिजा लड्नुपर्ने अवस्था आइ लागेको हो।’


बिकले १९७७ मत प्राप्त गर्दा नेपालीले १५३५ मत प्राप्त गरे। यहाँ खुल्ला महिला सदस्यमा एमालेबाट शान्ता राना १९०९ मत ल्याएर विजयी भइन्। यस्तै दलित महिला सदस्यमा दिलमाया नेपालीले १८४४ मत ल्याएर विजयी भइन्। खुल्ला पुरूष सदस्यमा पनि एमालेकै कर्णबहादुर बुढाले १७३५ मत प्राप्त गरि विजयी भए। गठबन्धनबाट नेपाली कांग्रेसका राजेन्द्र गुरूङ खुल्ला पुरुष सदस्यमा १७५० मत पाप्त गरि विजयी भएका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया